News Category 2076/10/09

वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी

दैनिक समाचारदाता

वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
    राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीकी सदस्यको रुपमा ३६ वर्षिया रेखा देवी खत्वे पनि छिन् । 
    उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन ।
    राजविराज नगरपालिका ९ मलेठ घर भएकी उनी दलित समुदायमै सो वडामा सर्वाधिक पढेलेखेकी महिला हुन् । एक छोरा र दुई छोरीकी आमा उनी सो वडामा दलित समुदायमै एक्ली आइएड पास हुन् । उनका पति किसान हुन । 
    रेखा राजविराज नगरपालिकाको न्यायिक समितीमा पुगी उपप्रमुखसंगै दफा उपदफा केलाएर न्याय सम्पादन कार्यमा महत्वपुर्ण योगदान पु¥याइरहेकी छिन् । 
    राजनीति र न्याय सम्पादन दुबैमा सक्रिय भएपछि विस्तारै खारिदै गएकी छिन उनी । नगर प्रमुख शम्भु प्रसाद यादव र उप्रमुख झा पनि उनको कामबाट खुशी छन् ।
    संयोजक झाको कुशल नेतृत्वमा अधिकाँश मुद्दा मिलापत्र गरी टङ्गयाउन सफल भएको रेखाले बताईन । अधिकाँश मुद्दा घरायसी हुने गरेकोले मिलापत्रमा जोड दिदै कतिपय मुद्दामा कडा निर्देशन पनि दिने गरेको बताइन् ।
    अदालतको न्याय लामो र महगो हुदै गएपछि नागरिकलाई स्थानीय तहको गठित न्यायिक समिती मार्फत निशूल्क र छिटो छरितो न्याय पाउन सहज भएको उनको ठम्याई छ । न्यायिक समिति गठन भए यता नगरपालिकाको न्यायिक इजलाशमा १ सय १४ मुद्धा दर्ता भए । जस मध्ये ५० प्रतिशत फच्र्याेट भइसकेको उनी बताउँछिन । 
    यस्तै केही जटिल प्रकृतिका र अधिकार क्षेत्र बाहिरका मुद्धा अदालत पठाइएको छ भने बाँकी फच्र्याेट प्रकृयामा रहेको उनले बताइन । इजलाशमा सबभन्दा बढी जग्गा किचलो र महिला माथी हुने घरेलु हिंसाको मुृद्धा आउने गरेको छ । त्यस पछि घरायसी झगडा, शारिरीक यातना, सम्बन्ध विच्छेद, कुटपिट र लेनदेनका मुद्धा आउने गरेको उनी बताउछिन । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा माइती भएकी उनले चरम आर्थिक अभावका वावजुद आमाबुवाले पढाउनु र पतिले पनि साथ दिदा आज यस्तो अवसर पाउन सफल भएको बताउछिन । उनले न्यायिक समितीमा पाएको जिम्मेवारीमा खरो उत्रिने गरी काम गरिरहेको र भविष्यमा यसले सकारात्मक परिणाम दिने विश्वास समेत ब्यक्त गरेकी छिन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट