News Category 2070/12/17
सप्तरीको विषहरियामा भिषण आगलागि एक करोड भन्दा बढीको क्षति
अमिरनारायण यादव
राजविराज १६ चैत ।
सप्तरीको विषहरिया गाविस ९ स्थित सिग्यिौन टोलमा आइतबार बेलुका ५ बजे भिषण आगलागि हुँदा ५० परिवारको ८० घर जलेर नष्ट भएको छ ।
आगलागिमा कारण खुल्न सकेको छैन् भने १ करोड भन्दा बढी मुल्य बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय लक्षण मण्डलको घरबाट अचानक सल्केको आगोले सो टोलका सम्पूर्ण घरहरु पूर्ण रुपले जलेर नष्ट भएको हो ।
आगलागिमा कलेश्वर मण्डल, फुलेश्वर मण्डल, महेन्द्र मण्डल, उपेन्द्र मण्डल, तुलाई मण्डल, रामकेवल मण्डल, भुलाई मण्डललगायतको घरहरु जलेर नष्ट भएको छ । आगलागिमा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा विदेशबाट पठाएको रकम, गरगहना, खाद्यान्न, लत्ताकपडा लगायत जलेर नष्ट भएको स्थानिय पीडितहरुले जनाएका छन् । आगलागिका कारण घरबहार बिहीन भएकाहरुको कन्तविजोक भएको छ भने कतिपय व्यक्तिहरु बेहोस समेत भएका छन् ।
राजविराजबाट गएको बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी लगायतले करिब अढाई घण्टा पश्चात् बेलुका ७ बजेमात्र आगोलाई नियन्त्रणमा लिएको थियो ।
यसअघि शनिबारमात्र सप्तरीको छुट्टाछुटै तीन गाविसमा शनिबार दिउँसो भएको आगालगीमा ४२ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको औरही गाविस ७ स्थित कटैया टोलमा दिउँसो २ बजेतिर भएको आगलागीमा १० परिवारको १७ वटा घर, जिल्लाको बरहीविरपुर गाविस ४ स्थित दुई घर र भगवतपुर गाविस ४ स्थित ५ परिवारको ७ वटा घर जलेर नष्ट हुँदा करिब ४२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
औरही गाविसका स्थानीय लक्ष्मण साहको घरबाट सल्केको भएको आगलागीमा परी स्थानिय १० परिवारको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागिमा छिमेकी विजुली प्रसाद यादव, रामप्रसाद साह, श्रीप्रसाद साह, जीवछ यादव, कारी साह, राम अवतार यादव, मटर यादव, रामदेव यादव लगायतको घर जलेर नष्ट भएको छ । ।
आगलागी घरमा रहेका खाद्यान्न, नगद तथा जिन्सी गरी करिब २२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा साँझ ६ बजे मात्रै आगोलाई नियन्त्रणमा लिएको थियो ।
यस्तै विरपुर गाविस ३ स्थित हाटि टोलमा लागेको आगलागीबाट चार घर जलेर नष्ट हुँदा ९ लाख बराबरको क्षति भएको छ । स्थानीय रामेश्वर साहको घरबाट सल्केको आगो फैलिएर छिमेकी मुख्तार मन्सुरी मियाँलाई बेघर बनाएको हो ।
सो आगलागी पनि प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाको वारुण यन्त्रको मद्दतले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । शनिबार मध्यान्ह १२ बजेदेखी चलेको हावाहुरीका कारण सो आगलागिलाई नियन्त्रणमा लिन कठिनाई परेको थियो ।
तीन दिनदेखी दिउँसो चलेको हावाहुरीका कारण सप्तरीमा दिनहुँजसो आगलागि हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ