News Category 2076/10/09
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
आउँदो माघ १८ गते शनिवारदेखी राजविराजबाट बुद्ध एयरले नियमित उडान गर्ने सम्पूर्ण तयारी पुरा गरेको छ । बुद्ध एयरले साताको सातै दिन उडान भर्ने तयारी गरेको छ ।
राजविराजस्थित उधोग बाणिज्य संघ सप्तरीको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध एयरलाइन्स विमान कम्पनी राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले सो जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा स्टेशन इन्र्चाज राजवंशीले सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लक्षित गरेर थालिएको उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको जानकारी दिए ।
नियमित उडान सेवाले पर्यटन प्रर्वद्धनका साथै भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलन सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बुद्ध एयरले साताको सातै दिन उडान सेवा संचालन गर्दा जिल्लाको विकासमा समेत सकारात्मक परिर्वतन ल्याउने भन्दै उडानको पहिलो दिन राजविराज विमानस्थलमा पाइलट तथा दलका अन्य सदस्य तथा बुद्ध एयरका संचालकहरुलाई उधोगी व्यवसायीहरुको तर्फबाट भब्य स्वागत गर्ने तयारी गरिएको जानकारी दिए ।
उनले नियमित उडानको खबरले सप्तरीवासी मात्र नभई छिमेकी, सुनसरी, सिरहा, उदयपुर र सिमावर्ती भारतीय क्षेत्रका यात्रु पनि उत्साहित भएको भन्दै यसले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि निकै टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
यसअघि श्री एयरलाईन्सले साताको तीन दिन उडान सेवा दिदै आएकोमा बुद्ध एयरले भने साताका सबै दिन एक÷एक वटा उडान गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ