News Category 2076/10/09
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धन बिजयी
दैनिक समाचारदाता
जनकपुरधाम, ९ माघ ।
राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।
प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका अल्पसंख्यक समुदायतर्फ राजपाका शेखर कुमार सिंह, अन्य समूह तर्फबाट राजपाकै मृगेन्द्र कुमार सिंह यादव, दलित समूहतर्फबाट नेकपाका राधेश्याम पासवान र महिला समूहतर्फबाट नेकपाकै तुलसा दाहाल बिजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि चार सीटमा नेकपा–राजपाले गठबन्धन गरि दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । यता नेपाली काँग्रेस–समाजवादी पार्टीले अर्को गठबन्धन बनाई दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । जस अनुसार ४ सिटमा ८ जनाको उम्मेदवारी परेको थियो ।
प्राप्त मतपरिणाम अनुसार शेखर सिंह ९ सय ९०, मृगेन्द्र कुमार सिंह यादव ८ सय ८८, राधेश्याम पासवान ४ सय ८८, तुलसा दाहाल ४ सय ६८ मतअन्तरले बिजयी भएका छन् ।
यसअघि बिहीबार सम्पन्न निर्वाचनमा ३ सय ७९ जनाले मतदान गरेका थिए । प्रदेश सांसद १ सय ७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ७२ जना गरी ३ सय ७९ लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाएर निर्वाचन सम्पन्न भएको थियो ।
यता पार्टीको ह्वीप विपरीत नेपाली जनता दलका पर्साको पोखरिया नगरपालीका र कालिकामाई गाउपालीका प्रमुखले मतदान गरेका थिए । पार्टीले कुनै गठबन्धनलाई भोट नहाल्न ह्वीप लगाएको थियो । यता ह्वीपको अवज्ञा गरे पदमुक्त हुने पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ