News Category 2076/10/09
राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धन बिजयी
दैनिक समाचारदाता
जनकपुरधाम, ९ माघ ।
राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनमा प्रदेश २ बाट नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।
प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका अल्पसंख्यक समुदायतर्फ राजपाका शेखर कुमार सिंह, अन्य समूह तर्फबाट राजपाकै मृगेन्द्र कुमार सिंह यादव, दलित समूहतर्फबाट नेकपाका राधेश्याम पासवान र महिला समूहतर्फबाट नेकपाकै तुलसा दाहाल बिजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि चार सीटमा नेकपा–राजपाले गठबन्धन गरि दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । यता नेपाली काँग्रेस–समाजवादी पार्टीले अर्को गठबन्धन बनाई दुई दुई सीटमा उम्मेदवारी दिएका थिए । जस अनुसार ४ सिटमा ८ जनाको उम्मेदवारी परेको थियो ।
प्राप्त मतपरिणाम अनुसार शेखर सिंह ९ सय ९०, मृगेन्द्र कुमार सिंह यादव ८ सय ८८, राधेश्याम पासवान ४ सय ८८, तुलसा दाहाल ४ सय ६८ मतअन्तरले बिजयी भएका छन् ।
यसअघि बिहीबार सम्पन्न निर्वाचनमा ३ सय ७९ जनाले मतदान गरेका थिए । प्रदेश सांसद १ सय ७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ७२ जना गरी ३ सय ७९ लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाएर निर्वाचन सम्पन्न भएको थियो ।
यता पार्टीको ह्वीप विपरीत नेपाली जनता दलका पर्साको पोखरिया नगरपालीका र कालिकामाई गाउपालीका प्रमुखले मतदान गरेका थिए । पार्टीले कुनै गठबन्धनलाई भोट नहाल्न ह्वीप लगाएको थियो । यता ह्वीपको अवज्ञा गरे पदमुक्त हुने पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ