News Category 2076/10/10
छोरीलाई नियमित विद्यालय ल्याउन सेनेटरी प्याड र झोला बितरण
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत विद्यालयहरुमा सेनेटरी प्याड तथा शैक्षिक सामाग्रि राख्ने झोला बितरण कार्यक्रम संचालन गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित श्री माध्यमिक विद्यालय र तिलाठी कोइलाडी गाउँपालिका १ बभनगामाकट्टीस्थित श्री लक्ष्मीबल्लभ नरसिंह माविका कक्षा ८ देखी १० सम्मका ५ सय तथा कक्षा ७ का १ सय ५० बालिकालाई शुक्रबार सेनेटरी प्याड र झोला बितरण गरिएको छ ।
मुख्य मन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत थालिएको उक्त कार्यक्रम अगामी आर्थिक वर्षदेखी प्रदेशका ८ वटै जिल्लाहरुमा लागु हुने सामाजिक विकास मन्त्रालय मातहात रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालले बताए ।
सेनेटरी प्याड तथा झोला बितरण कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले छात्राहरुलाई सहज रुपमा नियमित विद्यालय आउन तथा विपन्न समुदायका छोरीलाई विद्यालयसम्म पहँुच पु¥याउन यस्ता कार्यक्रमहरु संचालनमा ल्याइएको बताए ।
छोरी जोगाउन र उनीहरुलाई नियमित विद्यालय आउन साइकल बितरण, आत्म रक्षा तालिम, जन्मदै बिमा, छात्रबृती लगायत प्रदेश सरकारले विभिन्न प्रभावकारी कार्यक्रम अघि बढाएको र यसले राम्रो परिणाम दिन थालेको उनको भनाई छ ।
सामाजिक बिकृती अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनु पर्ने आवश्यकता औल्याउँदै उनले हरेक बालबालिकालाई शिक्षादिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गरे ।
माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना तीन÷चार दिन कक्षामा अनुपस्थित हुने गर्दा तथा झोला नहुँदा शैक्षिक सामाग्रि हराउने र राख्ने समस्या हुँदा विपन्न समुदायको बालबालिकालाई पनि विद्यालय जाने क्रम नियमित हुन सकेको छैन् । यी समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले छात्राहरुका लागि ती सामाग्रिहरु बितरण गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ