News Category 2076/10/11
महँगीका कारण महँगियो माटाका मूर्ती
राजविराज÷सरस्वती पूजाका लागि मूर्तीकारहरुले अहिले माटाका मूर्ती बनाउन दिनरात लागिपरेका छन् ।
मूर्तीकारहरु माटोले बनाएका कलात्मक सरस्वतीको मूर्तीलाई रंगरोगन र साँजसज्जा गर्दै अन्तिम रुप दिनैमा व्यस्त छन् । तर, ती माटाका मूर्तीहरु अहिले महँगीका कारण महँगीएको छ । मूर्ती बनाउन प्रयोग गर्ने काचो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्रि लगायतमा मूल्य बढेका कारण बनाइएको माटाका मूर्तीहरुको मुल्य समेत बढेको मूर्तीकारहरुको भनाई छ ।
यता मूर्तीको मुल्य बढेपछि विगतको जस्तो मुर्ती खरीद गर्न यूवा विद्यार्थी तथा विद्यालयहरु चासो नदेखाको उनीहरुको गुनासो छ ।
राजविराजस्थित सिरहा रोड, अदालत रोड, रुपनी रोडलगायत आधा दर्जन स्थानमा मूर्तीकारहरु अहिले सरस्वती मूर्तीलाई अन्तिम रुप दिने काममा दिनरात खटिएका हुन् । तर, मूर्तीकार र मूर्ती किन्न आउने दुबै मूर्तीको मुल्यलाई लिएर चिन्तित देखिन्छन् ।
अहिले विभिन्न आकारमा बनाइएका सरस्वतीको माटोको मूर्ती ४ हजार देखी १५ हजार रुँपैयासम्ममा बिक्रि भइरहेको छ । तर, मूर्तीको मुल्य अत्याधिक भएको भन्दै यूवा विद्यार्थी र विभिन्न विद्यालयबाट आउने अर्डर घटेको मूर्तीकारहरु बताउँछन् ।
विगत एक महिनादेखी राजविराज ७ मा कोठा भाडामा लिई सरस्वती पूजाका लागि माटोका मूर्ती बनाउँदै गरेका डाक्नेश्वरी नगरपालिका ८ का ३६ वर्षिय रमानन्द रामले एउटा सानोखाले मूर्ती बनाउँदा ३ हजारसम्म खर्च पर्ने गरेकोमा त्यसलाई ४ हजारमा विक्रि गर्न राखिएपनि बिक्रि नहुने गरेको गुनासो गरेका छन् ।
यस्तै राजविराज नगरपालिका २ तेतेरी गाछी टोलमा मूर्ती बनाउँदै गरेका बोदेबर्साइन नगरपालिका ८ का ४० वर्षिय बुधेश्वर रामले पनि लगत खर्च जोडेर मुल्य कायम गर्दा धेरै महँगो भयो भनेर अधिकांश यूवा विद्यार्थीहरु अर्डर नगरि फर्किने गरेको बताए ।
सरस्वती पूजा आउन ५ दिन मात्र बाँकी छ अर्का मूर्तीकार महेन्द्र पालले अहिलेसम्म ४५ वटा मूर्ती बनाइसकेकोमा अर्डर भने २३ वटाको मात्र पाएको बताए ।
स्थानीय केशो अनिरुद्धबत्ति माविका प्रधानाध्यापक बिनोद साह अब माटोका मूर्तीको सट्टा विद्यालयहरुमा भारतको जयपुरमा बनाइएका संगमरमरका सरस्वतीका मूर्तीहरु नै राखिएर पूजा गर्ने चलन बढ्दै गएपछि माटोको मूर्ती बिक्रि हुने क्रम घट्दै गएको बताउँछन् ।
तसर्थ यस पेशामा लागेका मूर्तीकारहरुको पेशा संकटमा पर्न नदिई संरक्षण र सम्वद्र्धनका लागि राज्य पक्षबाट विशेष पहल र प्रोत्साहन दिनु जरुरी रहेको स्थानिय बुद्धिजिविहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ