News Category 2076/10/11
महँगीका कारण महँगियो माटाका मूर्ती

राजविराज÷सरस्वती पूजाका लागि मूर्तीकारहरुले अहिले माटाका मूर्ती बनाउन दिनरात लागिपरेका छन् ।
मूर्तीकारहरु माटोले बनाएका कलात्मक सरस्वतीको मूर्तीलाई रंगरोगन र साँजसज्जा गर्दै अन्तिम रुप दिनैमा व्यस्त छन् । तर, ती माटाका मूर्तीहरु अहिले महँगीका कारण महँगीएको छ । मूर्ती बनाउन प्रयोग गर्ने काचो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्रि लगायतमा मूल्य बढेका कारण बनाइएको माटाका मूर्तीहरुको मुल्य समेत बढेको मूर्तीकारहरुको भनाई छ ।
यता मूर्तीको मुल्य बढेपछि विगतको जस्तो मुर्ती खरीद गर्न यूवा विद्यार्थी तथा विद्यालयहरु चासो नदेखाको उनीहरुको गुनासो छ ।
राजविराजस्थित सिरहा रोड, अदालत रोड, रुपनी रोडलगायत आधा दर्जन स्थानमा मूर्तीकारहरु अहिले सरस्वती मूर्तीलाई अन्तिम रुप दिने काममा दिनरात खटिएका हुन् । तर, मूर्तीकार र मूर्ती किन्न आउने दुबै मूर्तीको मुल्यलाई लिएर चिन्तित देखिन्छन् ।
अहिले विभिन्न आकारमा बनाइएका सरस्वतीको माटोको मूर्ती ४ हजार देखी १५ हजार रुँपैयासम्ममा बिक्रि भइरहेको छ । तर, मूर्तीको मुल्य अत्याधिक भएको भन्दै यूवा विद्यार्थी र विभिन्न विद्यालयबाट आउने अर्डर घटेको मूर्तीकारहरु बताउँछन् ।
विगत एक महिनादेखी राजविराज ७ मा कोठा भाडामा लिई सरस्वती पूजाका लागि माटोका मूर्ती बनाउँदै गरेका डाक्नेश्वरी नगरपालिका ८ का ३६ वर्षिय रमानन्द रामले एउटा सानोखाले मूर्ती बनाउँदा ३ हजारसम्म खर्च पर्ने गरेकोमा त्यसलाई ४ हजारमा विक्रि गर्न राखिएपनि बिक्रि नहुने गरेको गुनासो गरेका छन् ।
यस्तै राजविराज नगरपालिका २ तेतेरी गाछी टोलमा मूर्ती बनाउँदै गरेका बोदेबर्साइन नगरपालिका ८ का ४० वर्षिय बुधेश्वर रामले पनि लगत खर्च जोडेर मुल्य कायम गर्दा धेरै महँगो भयो भनेर अधिकांश यूवा विद्यार्थीहरु अर्डर नगरि फर्किने गरेको बताए ।
सरस्वती पूजा आउन ५ दिन मात्र बाँकी छ अर्का मूर्तीकार महेन्द्र पालले अहिलेसम्म ४५ वटा मूर्ती बनाइसकेकोमा अर्डर भने २३ वटाको मात्र पाएको बताए ।
स्थानीय केशो अनिरुद्धबत्ति माविका प्रधानाध्यापक बिनोद साह अब माटोका मूर्तीको सट्टा विद्यालयहरुमा भारतको जयपुरमा बनाइएका संगमरमरका सरस्वतीका मूर्तीहरु नै राखिएर पूजा गर्ने चलन बढ्दै गएपछि माटोको मूर्ती बिक्रि हुने क्रम घट्दै गएको बताउँछन् ।
तसर्थ यस पेशामा लागेका मूर्तीकारहरुको पेशा संकटमा पर्न नदिई संरक्षण र सम्वद्र्धनका लागि राज्य पक्षबाट विशेष पहल र प्रोत्साहन दिनु जरुरी रहेको स्थानिय बुद्धिजिविहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ