News Category 2076/10/12
बरही पुर्ण सरसफाई बस्ती घोषणा
दैनिक समाचारदाता
राजबिराज, १२ माघ
जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालिका १ को बरहीको राय र बिचला टोललाई आइतबार पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा गरेका छन् ।
एक कार्यक्रम बिच ब्यानर पढेर बरहीको राय र बिचला टोलका को १ सय २९ घरधुरीलाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा गरेका हुन् ।
बस्तीमा पुर्णसरसफाईका ७ वटा सुचक अनुसार चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई, वातावरणिय सरसफाइमा सक्रिय देखाएकोले बस्तीलाई घोषणा गरिएको हो ।
वरहीबिरपुरलाई नमुना बस्तीका लागि वस्तीहरु छनौट गरी वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा छनोट भई उक्त वस्तीहरुमा विभिन्न समुहहरु गठन गरी कार्यक्रम संचालन गरिएको सबल नेपालका प्रमेश्वर झाले बताए ।
बरहीको राय, बिचला टोलको वाटो घाटो सरसफाई भएको, चर्पी प्रयोग भएको, प्रत्येक घरमा भाँडो सुकाउने ¥याक निर्माण भई प्रयोगमा रहेको विभिन्न फोहोरहरुलाई कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरेको र विभिन्न प्लास्टिक जन्य फोहोरलाई एक ठाँउमा जम्मा गरी विभिन्न सामाग्रीहरु बनाई प्रयोगमा ल्याएकोले घोषणा गरिएको वडा अध्यक्ष बिनोद यादबले बताए ।
सो अवसरमा छिन्मस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, जिल्ला समन्वय समितिका अधिकारी नवराज खडका, बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्ण, खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख शैलेन्द्र झा, सबल नेपालका प्रबन्धक अशोक साह, पत्रकार शुभनारायण यादब, कार्यक्रम अधिकृत देवेश चौधरीलगायतले पुर्ण सरसफाई तर्फ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
एसएनभि नेपालको सहयोगमा सबल नेपालले सबैको लागि दिगो सरसफाई कार्यक्रम अन्तर्गत साविकका गाविसहरु बरही विरपुर र ईटहरी विष्णुपुर हालको छिन्नमस्ता गाँउपालीकाको वडा नं १ र ७ विष्णुपुर गाँउपालीकाको वडा नं ६ र ७ सरसफाई कार्यक्रम संचालनमा रहेको सबलका कार्यक्रम संयोजक झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ