News Category 2076/10/12
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
चन्दन कुमार यादव
राजविराज, १२ माघ ।
बैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै नक्कली भिसा बनाएर लाखौं ठगी गरेको आरोपमा पीडितहरुले आइतवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
कुवैतस्थित एक कम्पनीमा रोजगारीका लागि पठाइदिने भन्दै नक्कली भिसा बनाई एक दर्जन बढी व्यक्तिबाट लाखौ रुपैयाँ ठगी गरेको आरोपसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका २ औरही विषणपुर बस्ने मो. बसीर मियाँ र उनका छोरा सहजाद आलम विरुद्ध पीडितहरुले अप्रवासी श्रोत केन्द्र राजविराजको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उजुुरी दिएका हुन् ।
उजुरी दिनेहरुमा सिरहाको लहान नगरपालिका १८ का मो. इरफान, मो. मुस्तुफा, मो. आलम, मो. अलाउद्दिन र अमिन मियाँ छन् ।

ती बाबु छोराले कुवैतस्थित एक कम्पनीमा आकर्षक तलबमा जागिरका लागि पठाइदिने भन्दै प्रति व्यक्तिबाट १ लाख ३५ हजारका दरले लिएर नक्कली भिसा उपलब्ध गराएका थिए ।
यता सोही भिसा लिएर कुवैतका लागि उड्न भन्दै काठमाडौं गएपछि विमानस्थलमा नक्कली भिसा भएको खुलासा भएपछि घर फर्किन बाध्य भएको पीडित मो. मुस्तुफाले बताए । यता घर फर्किएपछि उनीसँगै अन्य पीडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर आइतबार प्रमुख जिल्ला अधिकारी सुनिल खनालसमक्ष बाबु छोरा बिरुद्ध निवेदन बुझाएका थिए ।
गत शुक्रवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ९, छिन्नमस्ता गाउँपालिकाका २ र तिलाठी कोइलाडी गाउँपालिकाका १ गरी १२ जनाले पनि बाबु बसिर मियाँ र छोरा सहजाद आलम मिलेर आफुहरुलाई पनि रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रति व्यक्तिबाट एक लाख ३५ हजार रुपैयाँ लिई नक्कली भिसा उपलब्ध गराएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
बाबु छोराबाट ठगिएकाहरुबाट एकपछि अर्को उजुरी आउन थालेपछि यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । प्राप्त उजुरी उपर अनुसन्धान अघि बढिसकेको र प्रहरी मार्फत बसिर मियाँ र उनका छोरा सहजाद आलमको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ