News Category 2076/10/14
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सरकारसँग ११ बुँदे सहमति गरेर झण्डै एघार महिनापछि पहिलो पटक आफ्नो गृह जिल्ला सप्तरीमा जनमत पार्टीले माघ १८ गते शक्ती प्रर्दशनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । स्वतन्त्र मधेश गठबन्धन मार्फत निर्वाचन वहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकारसँग गत २४ फागुणमा ११ बुंदे सहमती गरेपछि पहिलो पटक गृहजिल्लामा आमसभा गर्न लागेका हो ।
शक्ती प्रर्दशनसहित विशाल आमसभाको तयारी बारे मंगलबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतको गृह जिल्ला समेत रहेको सप्तरीमा ठुलो संख्यामा जनता आउने दावी गरिएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेतृत्व मण्डलका सदस्य एवं पुर्व मन्त्री अनिस अन्सारीले शक्ती प्रर्दशन र आमसभामा ५० हजार भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने दावी समेत गरे ।
उनले आमसभा सफल बनाउन गाउँ गाउँमा प्रचार प्रसार र जिल्लाका १८ वटै स्थानीय तहमा गठित समितीले काम गरिरहेको बताए । उनले आससभा सफल बनाउन गाउँ गाउँमा मोटरसाईकल ¥याली मार्फत समेत प्रचारात्मक अभियान चलाइएको जानकारी दिए ।
पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल “किसान” ले आमसभामा सहभागी हुन हजारौ जनता आउने भएकोले आमसभा स्थल राजविराजस्थित राजरंगशालाको खेल मैदानमा तोकिएको जानकारी दिए ।
आमसभालाई डा.राउतका साथै पार्टीका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने र अन्य सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ