News Category 2070/12/18
बमकाण्डको छानविन आयोग गठन गर्न सद्भावनाको माग
दैनिक संवाददाता
राजविराज, १७ चैत ।
जनकपुर बमकाण्डमा आफ्ना नेतालाई फसाउन खोजेको भन्दै सद्भावना पार्टी सप्तरीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
सद्भावना पार्टी सप्तरीले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घटनाको निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।
घटनाको दुई बर्ष पश्चात आफ्ना नेता सञ्जय कुमार साहलाई उक्त घटनामा मुच्छेर फसाउन खोजेको भन्दै ज्ञापनपत्रमा दुईबर्ष अघि दायर मुद्दामा अभियुक्त नरहेको ओमप्रकाश यादवबाट सभासद् साहको नाम पौलन लगाई षडयन्त्रपुर्वक फसाउन लागेको बुझ्न आएको उल्लेख छ ।
दोषीलाई कार्वाही गर्न र निर्दोषलाई नफसाउन माग गर्दै पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त घटनाको न्यायिक छानबिन अबिलम्ब गठन नभए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ