News Category 2076/10/15
चोरीका सामानसहित तीन चोर पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
प्रहरीले दुई घरमा चोरी गर्ने एकै वडाका तीन जनालाई मंगलबार पक्राउ गरेको छ ।
चोरीका सामानसहित मंगलबार पक्राउ परेका तिनै जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. ६ निवासी २१ वर्षिय अफताब अनसारी, २० वर्षिय नविनकुमार दास र २२ वर्षिय अजेल अन्सारी छन् ।
उनीहरुको साथबाट गत शनिबार राजविराज नगरपालिका ६ बस्ने विद्या साहको घरबाट चोरी गरिएका नगद ४ हजार र सुनका गहना तथा राजविराज ८ निवासी राजेश साहको चोरी भएको मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा कोही नभएको बेला उनीहरुले विद्या साहको घरको ढोका फुटाएर नगद र सुनका गहना चोरेर लगेका थिए । यस्तै राजेश साहको पनि महँगो मोबाइल उनीहरुले नै चोरी गरेको अनुसन्धानको क्रममा खुलेको र सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपगरि प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ