News Category 2076/10/15
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी सेवा दिन कानुनी कक्षको स्थापना

दैनिक समाचरादाता
राजविराज, १५ माघ ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले असहाय, अशक्त, नबालक, महिला, दलित, मुस्लिम, विपन्न वर्गलगायतलाई सेवा पु¥याउने उद्देश्यले निशुल्क कानुनी सहायत कक्ष स्थापना गरिएको बताएका छन् ।
बुधबार राजविराजमा आयोजित एक कार्यक्रमबिच मुख्य न्यायाधिवक्ता झाले कानुन सहायता कक्ष अधिकृतको कार्यालयको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले महिला हिंसामा परेको, मानवअधिकारको हनन् भएको, न्यायमा पहुँच नभएका गरिव निमुख्खा जनताले अब यस कार्यालयबाट सहयोग लिन सक्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले स्थापना गरेको कानुन सहायता अधिकृतको कार्यालयबाट सप्तरीका लक्षित वर्गले निशुल्क सेवा लिन सक्ने उनको भनाई छ ।
सोही उद्घाटन कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश चन्द्रमणि ज्ञवाली आर्थिक रूपमा कमजोर न्याय प्राप्तिका लागि सहयोग पुग्ने उद्देश्यले तथा आर्थिक रुपमा विपन्न जनताले न्याय पाउन नसकेको अबस्था यस सहायता केन्द्रबाट न्याय प्राप्त गर्न सक्ने बिश्वास वयक्त गरे ।
प्रदेश कानुन सहायता अधिकृत किरण कुमारी साहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतम, कंचनरूप नगरपालीका निरू पोखरेल, उच्च अदालत वार ईकाई अध्यक्ष रमान्नद साह, जिल्ला बारका अध्यक्ष डोमन साह, अधिवक्ता केशव दासलगायतले न्यायिक समितिमा आउने गरिव, असहाय, महिला तथा अन्य पीडितका लागि निष्पक्ष रूपमा सहज र शुलभ तरीकाले न्यायमा पहुँच पु¥याउन सहायता कक्षले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ