News Category 2076/10/17
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज जेसीज २०२० ले ‘श्रीपञ्चमी’ पर्व र बिहीबार नै परेको सहिद दिवसको दिन पारेर आफ्नो कार्यकालको कार्य आरम्भ गरेको छ ।
राजविराज जेसीजले साँझ सहिद दशन चोकमा सहिदको सम्झनामा दिप प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यसअघि जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा रुपनी गाउँपालिका २ स्थित जेसीज बिद्यालय पौवा पुगेको राजविराज जेसीजको टोलीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालयमा अध्ययनरत बाल विकासका ५६ विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नयाँ योजना बनाउन अन्तरक्रिया केन्द्रीत रहेको कार्यकारिणी उपाध्यक्ष विप्लव आनन्दले बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक राजकुमार सुनरैतसहित शिक्षक र स्थानीयवासी, राजविराज जेसीजका अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, उपाध्यक्षहरु, मनोनित पदाधिकारीहरु, साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभावकारी ढङ्गले विद्यालयको समुचित व्यवस्थापनका विषयमा समेत जेसीज पदाधिकारीहरु र विद्यालयका शिक्षक–महिला शिक्षकबीच छलफल भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ