News Category 2076/10/17
फर्सैठमा पुस्तकालय स्थापना
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज वडा नं. ११ फर्सैठ टोलका जनताहरुको शैक्षिक उत्थानका लागि फर्सैठ युवा क्लवले पुस्तकालय स्थापना गरेको छ ।
सरस्वती पुजाको अवसर पारेर बिहिवार स्थानिय युवाहरूको पहलमा आधारभुत बिद्यालय फर्सैठमा पुस्तकाल स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि अमेरिकामा कार्यरत फर्सैठ निवासी हरिवंश यादबसहित चार जना युवाको सहयोगमा ४३ हजार नगदमा पुस्तकालयको शुरूवात गरिएको जनाइएको छ ।
सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले पुस्तकालयको उद्घाटन गर्दै पुस्तकालयवाट युवाहरूलाई कुलतबाट जोगाउन र पढ्ने बानीको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । उनले स्थानिय युवाहरूलाई कुलतबाट जोगाउन पुस्तकालय उपयोगी हुने बताए ।
यसैगरी बिद्यालय निरिक्षक भोगेन्द्र यादबले किताबतर्फ आकर्सित भएमा युवाहरूलाई कुलतबाट रोक्न सकिने जिकिर गरे । गाउँका युवालाई कुलतबाट जोगाउन सभ्य नागरिक बनाउने उद्देश्यले यस क्षेत्रका युवालाई जागरूप बनाउने लक्ष्य रहेको बताए ।
त्यस्तै राजबिराज नगरपालीका प्रमुख लेखा अधिकृत उमाशंकर यादबले फर्सैठको बिकासमा टेवा पुग्ने बिश्वासले युवाहरूलाई पढााईतर्फ आकर्सित बनाउन पुस्तकालय स्थापना गरिएको बताए । पुस्तकालयलाई निरन्तरता थप ब्यबस्थित र मर्यादित बनाउन बिद्यालय ब्यबस्थापन समिति तथा फर्सैठ युवा कल्वले थप जिम्मेवार हुनुपर्नेमा उनले जोड समेत दिए ।
ब्यबस्थापन समितिका सदस्य लक्ष्मण यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासँघ शाखा सप्तरी सहसचिव चन्दनकुमार यादव, लेखापाल जयराम यादब, कृषि संयोजक हरि नारायण यादब, तथ्यांक शाखाका रबिन्द्र कुमार साह, फर्सैठ युवा क्लवका बरिष्ठ उपाध्यक्ष देवनारायण यादब, स्वास्थ शाखाका शिव नारायण देव, समाजसेवी शिवनारायण यादब, बिद्यालयका शिक्षक महेश साहलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा हरिवंशका बुवा शिव नारायण यादबले बिद्यालयका प्रधानाध्यापक रामदेव यादबलाई पुस्तकालयको सामग्रीहरू हस्तान्तरण समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ