News Category 2076/10/17
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
.jpg)
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सामाजिक संजालहरुबाट विदेशमा आकर्षक तलबका साथै जागिर लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाएर ठगि गर्ने गिरोह अहिले निकै सक्रिय भएका छन् ।
एक दर्जन बढी युवाहरु बैदेशिक रोजगारका क्रममा ठगिएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको पाँच दिन नबित्दै पुनः सप्तरीका पाँच जना बेरोजगार यूवा ठगिमा परेका छन् ।
सामाजिक संजाल इमोमार्फत कम्बोडियामा आकर्षक तलबमा हलुका सवारीसाधनको चालकको जागिर लगाइदिने भन्दै सप्तरीको सुरुङ्गा नगरपालिका एउटै वडाका पाँच जना युवा ठगिमा परेका हुन् ।
यसरी ठगिमा परेकाहरु सुरुङ्गा नगरपालिका वडा नं. ५ का सुरुज राम, कमल राम, रबिन्द्र राम, रामानँद राम र नाम नखुलेका अन्य एक जनासहित ५ जना रहेका छन् । उनीहरुको ४ लाख ५० हजार रकम ठगिएको छ ।
घटना क्रमका अनुसार पाँचै जनालाई सामाजिक संजाल इमोबाट अर्जुन कार्की भन्ने व्यक्तिले पाँचै जनासँग कम्बोडियामा आकर्षित तलबका साथ चालकको जागिर लगाइदिने भनेर बारम्बार सम्पर्क गरेर सन्तुष्ट पारेका थिए । उनीहरुलाई सन्तुष्ट पारेपछि पाँचै जनासँग प्रक्रिया अगाडी बढाउन रकम माँग गरेका थिए । सो क्रममा अर्जुन कार्कीलाई पाँच मध्ये चार जनाले एक÷एक लाख र एक जनाले ५० हजार रकम आइएमईमार्फत रकम पठाएका थिए ।
सो रकम मध्ये ५० हजार सिरहाको मिर्चैयास्थित एक आइएमईमार्फत विपिन बस्नेतको नाउँमा पठाइएको पीडित सुरुज रामले बताए । त्यस्तै बाँकी ४ लाख रकम काठमाडौंको चावाहिल र चुचेपाटीस्थित आइएमईबाट पुनः विपि बस्नेतकै नाउँमा पठाइएको उनले जानकारी दिए । यसरी ४ लाख ५० हजार रकम पठाइएपछि पाँचै जनाको नाममा कम्बोडियाका लागि भिसा समेत अर्जुन कार्कीले पठाएका थिए ।
पाँचै जना सोही भिसा लिएर काठमाडौं पुगेपछि उनीहरुले अर्जुन कार्कीसँग सम्पर्क गर्ने इमो र अन्य सम्पर्क नम्बर बन्द भएपछि आफूहरु ठगिएको महसुस भएको पीडित सुरुजले बताए ।
उनीहरु ठगिएपछि काठमाडौंबाट फर्किए लगत्तै बिहीबार राजविराजस्थित आप्रवासी श्रोत केन्द्रमा आएर घटनासम्बन्धी जानकारी दिएका छन् ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरी र सामी परियोजनाद्वारा संचालित श्रोत केन्द्रमा उनीहरु आफ्नो गुनासो र ठगिएको बारे सम्पूर्ण जानकारी दिएपछि केन्द्रले भिसामा अर्कैको नाममा श्रम स्वीकृती भएको देखिएको र त्यसमा रहेको स्टिकर नम्बर समेत अर्कैको नाममा रहेको भन्दै उनीहरु ठगिएको पुष्टि भएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
शुक्रबार पुनः पीडितहरुलाई श्रोत केन्द्रमा बोलाइएको जानकारी दिँदै अध्यक्ष चौधरीले ठगि बारे जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर थप प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।
यसअघि सिरहाको लहान नगरपालिका १८ का मो. इरफान, मो. मुस्तुफा, मो. आलम, मो. अलाउद्दिन र अमिन मियाँले बैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै नक्कली भिसा बनाएर लाखौं ठगी गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ औरही विषणपुर बस्ने मो. बसीर मियाँ र उनका छोरा सहजाद आलम विरुद्ध पीडितहरुले अप्रवासी श्रोत केन्द्र राजविराजको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उजुुरी दिएका थिए ।
बाबु छोराले कुवैतस्थित एक कम्पनीमा आकर्षक तलबमा जागिरका लागि पठाइदिने भन्दै प्रति व्यक्तिबाट १ लाख ३५ हजारका दरले लिएर नक्कली भिसा उपलब्ध गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ