News Category 2076/10/18
सपाको “बिसु” अभियानका लागि सप्तरी कार्य योजना तयार
राजविराज÷समाजवादी पार्टीले संगठन बिस्तार तथा सुदृढिकरणका लागि तीने महिने “बिसु” अभियान मुलुकभर सुरु गरेको छ । यस अभियानका लागि शनिबार सप्तरीको कार्य योजना बनाइएको छ ।
पार्टीका केन्द्रिय सदस्य तथा अभियानका सप्तरी संयोजक समेत रहेका प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको अध्यक्षतमा शनिबार राजविराजमा केन्द्रिय समितिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा जिल्ला कमिटिका पदाधिकारीहरुसँग तीन महिने अभियानको कार्य योजना बनाइएको छ । बनाइएको कार्य योजना शनिबारै सम्पन्न जिल्ला कमिटिको बैठकबाट पारित समेत भएको मन्त्री साहले जानकारी दिएका छन् ।
संगठन बिस्तार तथा सुदृढीकरण (बिसु) अभियानका सप्तरी संयोजक मन्त्री साहका अनुसार पार्टीलाई बैचारिक रुपमा बैकल्पिक र शक्तिको हिसाबले पहिलो बनाउने र पार्टी एकीकरण सन्देश जनताबीच पु¥याउने अभियानको उद्देश्य रहेको छ ।
यस अभियानका लागि सप्तरीका चार वटै क्षेत्रको अभियान्ता समेत तोकिएको छ । जसअनुसार क्षेत्र नं. १ मा सूर्यनाथ यादव, २ मा शैलेश चौधरी, ३ मा बिनोद चौधरी र ४ मा अनिरुद्ध प्रसाद सिंहलाई अभियान्ता तोकिएको संयोजक साहले बताए ।
माघ २१ गते पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा सप्तरीमा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री साहले जानकारी दिए ।
उनले बाँकी काम सम्पन्न गर्ने, पार्टी कार्यकर्ताहरुको सैद्धान्तिक एवं बैचारिक स्तर अभिबृद्धि र रुपान्तरण गर्ने, समिति निर्माण गर्न बाँकी स्थानिय तहहरुमा संगठनात्मक संजाल बिस्तार गर्ने, पार्टी एकीकरण र ध्रुबीकरणको कामलाई घनिभूत गर्ने, पार्टीको प्रचारात्मक कामलाई व्यवस्थित गर्ने, पार्टीभित्र आपसी एका, हार्दिकता र सकारात्मक सोचको विकास गर्ने र संविधान संशोधन का लागि सडक र सदनबाट दबाब सृजना गर्ने अभियानको उद्देश्य रहेको जानकारी दिए ।
अभियान माघ ३ गतेदेखी चैत मसान्तसम्म संचालन रहने बताउँदै संयोजक समेत रहेका मन्त्री साहले यसअघि अभियानको औपचारिक रुपमा माघ ३ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरिसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ