News Category 2076/10/18
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजविराज÷जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् ।
सरकारसँग ११ बुँदे सहमति गरेर झण्डै एघार महिनापछि पहिलो पटक आफ्नो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले शनिबार आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् ।
आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने भएपछि आफू राजनीतिमा प्रवेश गरेको बताए ।

मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद गराएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए ।
समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ । उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको समेत जिकरि गरे ।
अहिले कुनै पनि विकासीय कार्यका लागि कमिशन बिना काम नहुने भन्दै राजनीतिको खोल ओढेर मधेशलाई जरजर अवस्था पु¥याउने मधेशी नेताहरुको बास्तविक रुप जनता माँझ नाङ्गिसकेकोले जनताको सबै आकांक्षा र विश्वास जनमत पार्टीले पुरा गर्ने उनको भनाई छ ।
एक अर्को प्रसङ्गमा डा. राउतले आफूले कुनै व्यक्तिसँग सम्झौता नगरे नेपालको सर्वोच्च निकायसँग लुकाएर होइन् सार्वजनिक रुपमा सम्झौता गरेको बताए ।
राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता गरि आफ्ना नेताहरुलाई राष्ट्रिसभामा पु¥याएको आरोप लगाउँदै उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ