News Category 2076/10/19
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
चन्दन कुमार यादव
राजविराज, १९ माघ ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सहिद साकेत चन्द्र मिश्रको स्मारक निर्माणको लागी १५ लाख बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरस्वती पुजाको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा आइतबारदेखी सुरु भएको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मंन्त्री साहले सहिद साकेतको सम्झनामा शालिक निर्माणका सो रकम दिने प्रतिबद्धता जनाएका हुन् ।
अन्य सहिद जस्तै साकेतलाई पनि सहिद घोषणा गर्न राज्यसँग माँग गर्दै मन्त्री साहले साकेतलाई शहिद घोषणा गर्न हरसम्भव सहयोग गर्ने जिकिर गरे ।
आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी ३ जोडी महिला र १९ जोडी पुरूषबिच कुस्ती हुने सरस्वति पुजा समितिका निरज मुक्तीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित कुस्ती प्रतियोगितामा पुर्व सासंद रन्जु ठाकुर, राजपा सहमहासचिव जय प्रकाश ठाकुर, गाउपालिका उपाध्यक्ष सुचिता यादब, सहिद साकेतचन्द्र मिश्रका आमा चकलादेबी मिश्र, पुजा समितिका निरज मुक्ती लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन जितेन्द्र कुमार झाले गरेका थिए ।
तीन दिन सम्म चल्ने कुस्ती प्रतियोगितामा पर्यटन वोर्ड काठमाण्डौले समेत सहयोग गरेको जनाइएको छ ।
सहिद साकेतचन्द्र मिश्रको सम्झनामा तिलाठीवासीको सहयोगमा प्रत्येक बर्ष कुस्ती कार्यक्रमको आयोजना गरिदै आएको छ ।
सहिद साकेतलाई २०४२ साल अषार ७ गते तिलाठीस्थित आप्mनै घरबाटै तत्कालिन एसपी ईनदिवर सिँहको टोलीले बमकाण्डको आरोपमा पक्राउ गरेको थियो । तर, हालसम्म उनको अवस्था अज्ञातै रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ