News Category 2076/10/20
सेनामा प्रवेश गर्ने सम्बन्धमा जानकारीमूलक कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा नेपाली सेनाको भीमदल गणले सोमबार जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ ।
सो गाउँपालिका वडा नं. १ तिलाठीमा गाउँपालिकाको संयोजन तथा समन्वयमा सेनाले जानकारीमूलक कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको भन्दै भीमदल गणका क्याप्टेन कमल श्रेष्ठले नेपाली सेनाले सञ्चालन गर्ने गरेको नेपाल स्वयम्सेवक क्याडेट, नेपाली सेनामा भर्ना प्रक्रिया लगायतको बिषयमा प्रस्तुीकरण गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा कार्यक्रममा प्रस्तुतीकरण गरिएको थियो ।
सो कार्यक्रममा नेपाली सेना सम्बन्धी नेपाली तथा मैथिली भाषामा तयार पारिएको वृत्तचित्र समेत प्रदर्शनी गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
यसैगरी मंगलबारदेखि विपद् प्रतिकार्य सम्बन्धी तीन दिने तालिमको समेत आयोजना गरिने छ । यस्तै गाउँपालिकाको समन्वयमा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम, माइन जोखिम शिक्षा, नेपाली सेनामा भर्ना प्रक्रियामा लिइने शारीरिक परीक्षण बारे प्रदर्शनीको आयोजना गर्नुका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गरिने गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत झाले जानकारी दिए ।
कार्यक्रमको अवधिमा नेपाली सेना सम्बन्धी विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी समेत गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ