News Category 2076/10/20
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्षमता बिकास सामुहिक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
सोमवार राजबिराज नगरपालिका कार्यालयले तीन दिने क्षमता बिकास कार्यालय गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापाले शिक्षाको स्तरबृद्वि तथा गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागि क्षमता बिकास तालिमको आबश्यकता रहेको औल्याएका छन् ।
क्षमता बिकास कार्यशाला कार्यक्रमले शिक्षाको योजनाको निर्माण, कार्यन्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने उद्देश्य रहेको उनको भनाई छ ।
बिधालय क्षेत्र योजना अन्तर्गत समता शिक्षा प्रणालीलाई गुणस्तरिय, सक्षमता बनाउने, सुशासन तथा ब्यबस्थापन, उत्थानशिलता बिद्यालयहरूको द्वन्द्व तथा प्राकृतिक प्रकोपजन्य प्रभावलाई थेग्न सक्ने अबस्था सुनिश्चिता गर्न समुदाय स्तरमा क्रियाकलाप कार्यन्वयन गर्ने जिल्ला संयोजक डोल्पाका रणबहादुर कार्कीले जानकारी दिए ।
ईजीआरपी कार्यक्रम अन्तर्गत कक्षा १ देखी ३ कक्षा सम्मका वालवालिकाहरूलाई नेपाली भाषा पढाई सिपको बिकास, प्रभावकारी शिक्षणको लागि उपयुक्त शैक्षिक सामग्री प्रदान गर्ने, शिक्षकहरूको क्षमता अभिबृद्वि तालिम लगायतका क्रियाकलाप गर्ने ईजिआरपी सप्तरी संयोजक प्रमोद महतले बताए ।
समाबेशी, न्योचित र गुणस्तरिय शिक्षा, आधारभुत तहको शिक्षा पूरा गर्ने दर ९० पु¥याउने लक्ष्य रहेको तथा टिकाउ दर कक्षा ८ सम्म ९७ प्रतिशत, पु¥याउने राष्ट्रिय शिक्षा नीति रहेको बताईएको छ ।
नगर शिक्षा समितिका सदस्य तथा वडा ८ का वडा अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित गोष्ठीमा राजबिराज नगर उपप्रमुख साधना झा, शाखा अधिकृत भोगेन्द्र प्रसाद यादब, राजबिराज वडा ५ का वडा अध्यक्ष समीर झा, ६ का अध्यक्ष प्रेम कुमार यादब, ७ का मागीलाल नाई, ११ का अध्यक्ष संजय यादब, जिल्ला शिक्षा बिकास समन्वय ईकाई बिजय यादबलगायत नगर भित्रका बिद्यालयका प्रअ, ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ