News Category 2076/10/20
सखुवामा भलिबल प्रतियोगिता शुरु, पहिलो खेलमा सिरहा बिजयी
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ४ सखुवामा सोमबारदेखि दोश्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ । निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो ।
यसअघि सखुवास्थित कृषिहाट बजारमा शुरु भएको प्रतियोगिताको शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदारले उद्घाटन गरेकी थिइन् ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शत्रुधन प्रसाद चौधरी, आयोजक प्रगतिशिल युवा क्बलका अध्यक्ष सचिन्द्र कुमार चौधरीले मन्तव्य राखेको थिए ।
शम्भुनाथ प्रगतिशिल युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, सर्लाही, उदयपुर र सुनसरीका विभिन्न ९ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले रू ५० हजार नगद तथा कप र उपबिजेताले रू ३० हजार नगद र मेडल प्रदान गरिने जनाएको छ ।
्प्रतियोगिता अन्तर्गत मंगलवार फतेपुर सप्तरी र सिरहा बी बिच हुने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ