News Category 2076/10/20
हुबेइमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
उहान, २० माघ (रासस÷एएफपी) ।
विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ वटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो । आजसम्म चीनमा मात्र यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अवस्था झन् जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढाइएको सो समाचारमा जनाइएको छ ।
चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । ती स्वास्थ्यकर्मीहरूमध्ये ठूलो सङ्ख्याका स्वास्थ्यकर्मीलाई विमानस्थलमा राखिएको छ । विमानस्थलमा यस भाइरसको जाँच कडा पारिएको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्यचीनको उहानबाट यो भाइरसको सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । यस कोरोना भाइरसबाट चीनमा मात्र १४ हजार मानिसमा सङ्क्रमण भएको छ भने विश्वका २४ मुलुकमा यस भाइरस देखापरेको बताइएको छ ।
हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको भए पनि भाइरस बाहरिएको पनि जानकारी दिनुभयो । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरू बन्द गरेको छ ।
सहायक गभर्नर सिआयोले ती चिकित्सक र स्वास्थ्यकर्मीहरू वरिष्ठताका आधारमा पठाइएको र उनीहरू श्वासप्रश्वास र छाती रोगसम्बन्धी विशेषज्ञहरू रहेको जानकारी दिनुभयो । यसरी पठाइएकाहरूमा ५७ मेडिकल टिमका करिब सात हजारजना चिकित्सक र स्वास्थ्यकर्मी उहानमा मात्र पठाइएको उहाँले जानकारी दिनुभयो । उहान हुबेइको राजधानी शहर हो र यो सबैभन्दा बढी प्रभावित क्षेत्र पनि हो । विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरूलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।
मङ्गोलिया र रुसले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरूपमा रोकिएको छैन । फिलिपिन्समा पनि आइतबार एकजनाको ज्यान गएको छ । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३६० जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । आइतबार अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ हजार ५०० पुगेको छ । हालसम्म त्यहाँ १७ हजार मानिस सङ्क्रमित भएको बताइन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ