News Category 2076/10/20
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने बालिकासहित पाँच जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित राजमार्गमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बालिका घाइती भएकी छिन् ।
पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को.३०.प. १०४८ नं.को मोटरसाइकलले पैदलयात्री स्थानिय ७ वर्षिया रमिता कुमारी पासवानलाई ठक्कर दिएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा शरिरको बिभीन्न भागमा चोट लागेर घाइते भएकी पासवानलाई उपचारको लागी सप्तऋषी अस्पताल लहान लागि लगिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.५७०३ न.को बसले ना.५०प. ८६२६ नं.को मोटरसाइकललाई ठक्कर दिदा नाम नखुलेका अन्दाजी २० वर्षिय पुरुषको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य एकजना समेत घाइते भएका छन् । प्रहरीका अनुसार २० वर्षिय पुरुषको टाउकोमा चोट लागेको तथा दाहिने खुट्टा भाचेको अवस्थामा रुपनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।
लालापट्टीबाट सखडा तर्फ आईरहेको ना.६त. ६९५० नं. को ट्याक्टरले बिपरित दिशाबाट गईरहेको अनटेष्ट भारतिय नं.को मोटसाइकललाई ठक्कर दिदाँ चालक र पछाडी बस्ने अर्का व्यक्ति घाइते भएका हुन् ।
घाइते हुनेहरुमा भारतको सुपौल जिल्ला कुनौली बजार बस्ने ३८ वर्षिय अशोक ठाकुर र पछाडि सबार सोही स्थान निवासी ३५ वर्षिय कन्हैया गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुबै घाइतेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
त्यस्तै जिल्लाको शम्भुनाथ नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.६०प. ७५९ न.को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट १८ वर्षिया साइकलयात्री सविना चौधरीको दाया खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
चार वटै दुर्घटनाका सवारीसाधनहरुलाई प्रहरीले आ–आफ्नो मातहातको कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ