News Category 2076/10/20
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
दैनिक समाचारदाता
राजबिराज, २० माघ ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने बालिकासहित पाँच जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित राजमार्गमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बालिका घाइती भएकी छिन् ।
पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को.३०.प. १०४८ नं.को मोटरसाइकलले पैदलयात्री स्थानिय ७ वर्षिया रमिता कुमारी पासवानलाई ठक्कर दिएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा शरिरको बिभीन्न भागमा चोट लागेर घाइते भएकी पासवानलाई उपचारको लागी सप्तऋषी अस्पताल लहान लागि लगिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.५७०३ न.को बसले ना.५०प. ८६२६ नं.को मोटरसाइकललाई ठक्कर दिदा नाम नखुलेका अन्दाजी २० वर्षिय पुरुषको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य एकजना समेत घाइते भएका छन् । प्रहरीका अनुसार २० वर्षिय पुरुषको टाउकोमा चोट लागेको तथा दाहिने खुट्टा भाचेको अवस्थामा रुपनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।
लालापट्टीबाट सखडा तर्फ आईरहेको ना.६त. ६९५० नं. को ट्याक्टरले बिपरित दिशाबाट गईरहेको अनटेष्ट भारतिय नं.को मोटसाइकललाई ठक्कर दिदाँ चालक र पछाडी बस्ने अर्का व्यक्ति घाइते भएका हुन् ।
घाइते हुनेहरुमा भारतको सुपौल जिल्ला कुनौली बजार बस्ने ३८ वर्षिय अशोक ठाकुर र पछाडि सबार सोही स्थान निवासी ३५ वर्षिय कन्हैया गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुबै घाइतेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
त्यस्तै जिल्लाको शम्भुनाथ नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.६०प. ७५९ न.को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट १८ वर्षिया साइकलयात्री सविना चौधरीको दाया खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
चार वटै दुर्घटनाका सवारीसाधनहरुलाई प्रहरीले आ–आफ्नो मातहातको कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ