News Category 2076/10/20

पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति

दैनिक समाचारदाता

पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।  
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको जंगली हात्तिको आंतकले सप्तरीको पूर्वी भेगका जनता त्रासमा रहेका छन् । हात्तिको समूहले शनिबार, आइतबार र सोमबार सो भेगमा लाखौंका धनमालको क्षति गरेको छ । 
    पछिल्लो पटक सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहु, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ । जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरि २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।  
    यस्तै शनिबार राति र आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं. १२ का जगत बहादुर केसीको घर तथा पूर्व मन्त्री समेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पु¥याएको छ । 
    चार÷पाँच वटा आएको हात्तिको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर ५० हजार बराबरको क्षति गरेको छ । हात्तीले उनको आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन् ।
    त्यस्तै हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री तातेड्ले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहुबालिमा हात्तिले क्षती पु¥याएको छ भने बिभिन्न बाली खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    विगत एक दशकदेखी जिल्लाको पूर्वी भेगका जनता हात्ति आंतकबाट निकै त्रसित भइरहेका छन् । खासगरी रातिको समयमा आउने हात्तीको समूहले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमण समेत गर्दै आएका छन् । 
    जिल्लाको कंचनरुपसहित सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासावरण, रुपनी गाउँपालिका, खडक गाउँपालिका र हनुमाननगर कंकालनी नगरपालिकाको पूर्वी भेगमा हात्तीले आंतक को मच्याउँदै आएको छ । 
    यता हात्ती आतंक बढेपछि त्यस क्षेत्रका बासिन्दाहरु रातीको समयमा जाग्रम समेत बस्दै बाध्य भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट