News Category 2076/10/20
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थीहरुले पढाई अबरोध भएको भन्दै सोमबार तोडफोड गरेका छन् ।
सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आफ्नो आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सोमबार कक्षा बहिष्कार गरेपछि विद्यार्थीहरुले सो तोडफोड गरेका हुन् ।
यसअघि आंशिक प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको थियो । उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकसमेत समर्थन जनाएपछि सोमवार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेन ।
राष्ट्रिय विद्यार्थी संघ क्याम्पस इकाइ अध्यक्ष विकास कुमार मण्डलले प्राध्यापकहरुले एक सुत्रिय माग राखेकोप्रति आफूहरुको आपत्ति नरहेको तर, पठनपाठन रोकिँदा विद्यार्थीको भविष्य नै चौपट हुने अवस्था आएको बताए ।
यस्तै नेपाल विद्यार्थी संघका दिपक यादवले प्राध्यापकहरुको समस्याका बारेमा सुनुवाइ गरी अवस्था समान्य तुल्याउने काम नभएको भन्दै यसरी पढाइ रोकेर आफूहरु बस्न नसक्ने बताए ।
कक्षा सञ्चालन हुनुपर्ने मागसहित विद्याथीले गरेको आन्दोलनप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ लगायतले पनि ऐक्यवद्धता जनाएका छन् ।
उता विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले बताए । ।
अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ