News Category 2076/10/20
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थीहरुले पढाई अबरोध भएको भन्दै सोमबार तोडफोड गरेका छन् ।
सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आफ्नो आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सोमबार कक्षा बहिष्कार गरेपछि विद्यार्थीहरुले सो तोडफोड गरेका हुन् ।
यसअघि आंशिक प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको थियो । उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकसमेत समर्थन जनाएपछि सोमवार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेन ।
राष्ट्रिय विद्यार्थी संघ क्याम्पस इकाइ अध्यक्ष विकास कुमार मण्डलले प्राध्यापकहरुले एक सुत्रिय माग राखेकोप्रति आफूहरुको आपत्ति नरहेको तर, पठनपाठन रोकिँदा विद्यार्थीको भविष्य नै चौपट हुने अवस्था आएको बताए ।
यस्तै नेपाल विद्यार्थी संघका दिपक यादवले प्राध्यापकहरुको समस्याका बारेमा सुनुवाइ गरी अवस्था समान्य तुल्याउने काम नभएको भन्दै यसरी पढाइ रोकेर आफूहरु बस्न नसक्ने बताए ।
कक्षा सञ्चालन हुनुपर्ने मागसहित विद्याथीले गरेको आन्दोलनप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ लगायतले पनि ऐक्यवद्धता जनाएका छन् ।
उता विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले बताए । ।
अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ