News Category 2076/10/22
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र

दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको महादेवा गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई नेकपाका कार्यकर्ताहरुले कार्यवाहीका लागी ज्ञापन पत्र बुझाएका छन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई ज्ञापन पत्र बुझाईएको हो ।
गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको न्यायिक समिति बनाउँदा समावेशी नबनाएको, महादेवा गापा वडा नं. ४ का वडा सचिव, वडा नं. ६ का वडा सचिवले सवारी साधन दुरुपयोग गरेको भन्दै कार्यवाहीको लागी ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी आ.व. २०७३÷०७४ गाविसका बाँकी रहेको रकम कुन शीर्षकमा खर्च गरेको हर हिसाव सार्वजनिक गर्नुपर्ने, आ.व. ०७४÷०७५ र ०७५÷०७६ अडिट रिपोर्ट र मलेप सार्वजनिक गर्नुपर्ने माँग गरिएको छ ।
त्यस्तै आ.व. २०७४÷०७५ र ०७५÷०७६ को सामाजिक सुरक्षा भत्ताको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सवारी साधनको संख्या खरिद विवरण रेकर्ड प्रतिवेदन, गा.पा. अन्तर्गत करार कर्मचारीहरुको संख्या नाम सहित विवरण सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
गैर सरकारी संघ संस्थाहरुले गा.पा.मा गरेको कामको सम्पूर्ण रेकर्ड प्रतिवेदन, सार्वजनिक पोखरीहरुको संख्या सहित राजस्व सहित जम्मा रेकर्ड प्रतिवेदन माँग गरिएको छ । नेपालको संविधानमा प्रत्येक नागरिकले सूचना पाउनुपर्ने नियमलाई गा.पा.मा ठाडो उलंघन भईरहेकोले त्यस प्रति सम्बन्धित निकायको ध्यान पुर्याउनु पर्ने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासनिक अधिकृत तथा निमित प्रजिअ जनार्दन कटेललाई नेकपाका नेता बासुदेव यादव, दिपेन्द्र माझी, राजाराम यादव, देवराम यादव, रामनारायण सरदार र मो. डोमनले ११ बुदे ज्ञापन पत्र बुझाएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ