News Category 2076/10/22
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा मंगलबारदेखी सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।
गाउँपालिका वडा नं. १ तिलाठीमा आयोजना भएको तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका विपद्बाट अति प्रभावित रहेको हुँदा युवाहरुलाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका छन् ।
त्यस्तै भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले विपद्का बेला उद्धार तथा खोजतलासमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनीहरुलाई तालिम दिई सक्षम बनाउनु आवश्यक भएकोले पालिकाहरुसँगको समन्वयमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
गणपति कुँवरले नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको, नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा समेत जानकारी गराए ।
सो तालिममा नेपाली सेनाको १ नम्बर विपद् ब्यवस्थापन गण सुन्दरीजल काठमाण्डौका हरिप्रसाद जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । तालिममा गाउँपालिकाको विभिन्न वडाका गरी ५५ जना युवाको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ