News Category 2076/10/22
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा मंगलबारदेखी सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।
गाउँपालिका वडा नं. १ तिलाठीमा आयोजना भएको तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका विपद्बाट अति प्रभावित रहेको हुँदा युवाहरुलाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका छन् ।
त्यस्तै भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले विपद्का बेला उद्धार तथा खोजतलासमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनीहरुलाई तालिम दिई सक्षम बनाउनु आवश्यक भएकोले पालिकाहरुसँगको समन्वयमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
गणपति कुँवरले नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको, नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा समेत जानकारी गराए ।
सो तालिममा नेपाली सेनाको १ नम्बर विपद् ब्यवस्थापन गण सुन्दरीजल काठमाण्डौका हरिप्रसाद जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । तालिममा गाउँपालिकाको विभिन्न वडाका गरी ५५ जना युवाको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ