News Category 2076/10/23
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
स्थानिय तह सम्म प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनाउन तथा शैक्षिक बिकासका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
बुधवार राजबिराज नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूका लागि तीन दिने क्षमता बिकास कार्यशाला गोष्ठीको समापन कार्यक्रम सहभागीहरूले सो कुरामा जोड दिएका हुन ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले नगरको शिक्षा बिकासका लागि तथा बिद्याथीहरूको सीपको बिकासमा दक्ष बनाउन ठोस योजना ल्याउने बताईन, ।
नगर शिक्षा समिति सदस्य तथा राजबिराज वडा ८ का अध्यक्ष जय नारायण मण्डलले नगरभित्रका बिद्यालयको बिकासका लागि सबै बिद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभाकारी बनाउने बताए ।
यस्तै केअ माबिका प्रअ बिनोद साहले निजी सरह सामुदायिक बिद्यालय अभिभावकले समय दिन नसकेकोले सामुदायिक बिद्यालयको गुणस्तरिय घट्दै गएको बताए ।
राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले नगरभित्रको बिद्यालयको शैक्षिक अबस्था कमजोर हुँदै जादाँ नगरपालिकाले शैक्षिक क्षेत्रलाई बलियो सँगै बिकासको गति दिन क्षमता बिकास कार्यशाला कार्यक्रमले शिक्षाको गुणस्तरियतामा टेवा पुग्ने बिश्वास लिएका बताए ।
सो अवसरमा नगरका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादबले यस कार्यशालाले शिक्षाको योजनाको निर्माण, कार्यन्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने उदेश्य रहेको बताउदै यस कार्यमा सबै जनप्रतिनिधि तथा बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघलाई जिम्मेवारी बनाउन सहयोग पुग्ने जिकिर गरे ।
सो गोष्ठीमा प्रमुख प्रशासकिय अधिकृत थापा, शाखा अधिकृत यादब, ईजिआरपीका सप्तरी जिल्ला संयोजक प्रमोद महत, डोल्पा ईजिआरपी जिल्ला संयोजक रणबहादुर कार्की लगायतले सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ