News Category 2076/10/23
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ ले राष्ट्रिय सभामा निर्वाचित सदस्य एवं सोही वडाका स्थानीयवासी समेत रहेका शेखर कुमार सिंहलाई बुधबार सम्मानित गरेको छ ।
वडा अध्यक्ष गोपी मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिंहले आफुलाई ग्रामवासीहरुले सम्मान गरेकोमा धन्यवाद दिँदै गन्तन्त्रका नेता रामराजा प्रसाद सिंह र मधेशवादको शुरुवात गर्ने व्यक्ति गजेन्द्र नारायण सिंहको समेत जन्मभुमि पनि यही रहेको बताए ।
आफ्नो ६ वर्षको कार्यकालको समयलाई सद्पयोग गर्दै कोईलाडी गाउँको मान सम्मानलाई अगाडी बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र साह, विद्यालयका प्रध्यानध्पक दिपेन्द्र झाले शुभकामना मन्तव्य दिनुका साथै शिक्षिका पपी सिंहले स्वागत मन्तव्य दिएका थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ