News Category 2076/10/23
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
प्रदेश २ मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो ।
सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे ।
मुलुककै प्रशिद्ध छिन्नमस्ता मन्दिरमा प्रदेश सरकारले सौन्दर्यीकरणका लागि कुल ६ करोड ३० लाखको रकम बिनियोजन गरेको छ । जसमा मन्दिर प्राङ्गणमा रहेको पोखरीको सौन्दर्यीकरण, मन्दिरभित्र धर्मशाला तथा शौचालय निर्माण तथा विजुलीबत्तीको व्यवस्था गरिने भएको छ ।
सौन्दर्यीकरणको शिलान्यास गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेका युवाहरु कुलतमा फँस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आमाबुवालाई सम्मान गर्न युवाहरुलाई सुझाव समेत दिए ।
‘ज्युदो छँदा आमाबुवाप्रति केही नगर्ने, अनि मृत्यु भएपछि ठूला–ठूला सभाभोज गर्ने काम बन्द गर्नुपर्छ’ उनले आमाबाबुको मृत्यु पश्चात् गरिने सभाभोजको रकमले उनीहरुकै सम्झनामा शिक्षा, स्वास्थ्य अथवा अन्य सामाज विकासको काममा रकम सदुपयोग गर्न सुझाव समेत दिए ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सखडेश्वरी भगवती मन्दिर प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै यसको उत्थानका लागि प्रदेश सरकार सकृय रहने बताए । सौन्दर्यीकरणका लागि प्रदेश सरकारले अभियान अन्तरगत ८ वटै जिल्लामा एक÷एक वटा कार्यका लागि बजेट छुट्टयाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ