News Category 2070/12/21
मधुवा किरा र हुरीबतासले आ“पको मजुरामा क्षति पु¥याएपछि किसानहरु चिन्तित...
दैनिक संवाददाता
राजविराज, २० चैत ।
मधुवा किरा र हावाहुरीले आँपको मजुरामा क्षति पु¥याएपछि आँपको राजधानी मानिने सप्तरीका किसानहरु चिन्तित बनेका छन् ।
यो आँप उत्पादन हुने बर्ष भएपनि आँप फल्नु भन्दा पहिले नै मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका हुन् ।
केही दिनदेखिको बढ्दो हावाहुरीले आँपको बोटमा फुलिएको मजुराहरु क्षतिग्रस्तको र बाँकी रहेको मजुरामा समेत अहिले मधुवा किराको प्रकोप बढेपछि चिन्ता थपिएको स्थानिय किसानहरु बताउँछन् । आँपको पकेट क्षेत्रको रुपमा पुर्व पश्चिम राजमार्गसँग टाँसिएको सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुर लगायत रहेका छन् ।
आँपको पकेट क्षेत्रमा मधुवा किराले मजुरामा पु¥याएको क्षति बारे प्राबिधिक टोली खटाएर स्थलगत जानकारी लिने काम भइरहेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बागबानी अधिकृत सिताराम मण्डलले बताउनुभयो ।
मधुवा किरा हावा र माटोको माध्यमबाट एक बोटबाट अर्काे बोटमा सर्न गरेको बताउँदै बागबानी अधिकृत मण्डलले आँपलाई मधुवा किराबाट जोगाउन किसानहरुलाई आवश्यक परामर्शसँगै निशुल्क औषधी समेत प्रदान गरेपछि मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आएको बताउनुभयो ।
सप्तरीमा कुल ५ हजार हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । मधुवा किरा र हुरीबतासले मजुरामा क्षति पु¥याएपनि यो बर्ष आँप उत्पादन हुने बर्ष भएकाले सप्तरीमा यसबर्ष ५ हेक्टर क्षेत्रफलमा ४० हजार मेट्रिक टन आँप उत्पादन हुन सक्ने बागबानी अधिकृत मण्डलको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ