News Category 2076/10/28
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
आईतवार नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अगुवाईमा राजविराज विभिन्न ठाउँमा प्रदर्शन गर्दै पक्राउ गरिएको कार्यकर्ताको रिहाइ माग गरेका छन् । उक्त विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य मो. समिम, सचिव रामकुमार यादव, विष्णुपुर तथा राजगढ गाउँपालिकाका प्रमुख सहितको सहभागिता रहेको थियो ।
पार्टी कार्यालय राजविराजबाट निस्केको जुलुस पक्राउ परेका कार्यकर्ताको रिहाई माग्दै बजार क्षेत्रमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
गत माघ २१ गते डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह सहित केही कर्मचारी माथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्र कुमार यादव, अर्जुन कुमार यादव र राजिव कुमार रायलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरुमाथि अमानविय व्यवहार अन्तर्गत मुद्दा चलाइएको बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादवले आफ्ना कार्यकर्ता डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओम प्रकाश यादवले आफ्ना कार्यकर्ता माथि दुव्र्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ