News Category 2076/10/28
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
चन्दन कुमार यादब
राजविराज, २६ माघ ।
जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालीका ७ लाई दुई महिना भित्र नमुना उन्मुख बस्ती घोषणा गर्ने बताउनु भएको छ ।
आईतवार छिनमस्ता वडा ७ लाई पुर्ण सरसफाई उन्मुख बस्ती घोषणका लागि आयोजित पुर्ण सरसफाई तथा अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उनले भने छिन्मस्ता गाउपालीकालाई पुर्ण सरसफाई उन्मुख बस्ती, घोषणा गर्ने लक्ष्य रहेको हाटीलाई सरफाई उन्मुख नमुना बस्ती बनाउन सक्दो सहयोग गर्ने प्रतिबधता देखाउनु भएको छ ।
प्रमुख यादबको पैतृक गाउँ समेत रहेको यस वडामा तीन वटा कल्स्टर मध्ये हाटीको यादब टोलका ४० घरधुरीमा सरसफाई अभिमुखिकरण कार्यक्रम गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
सो बस्तीमा पुर्ण सरसफाईका ७ वटा सुचक अनुसार चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई, वातावरणिय सरसफाइ ) मा सक्रिय बनाउन अभिमुखिकरण कार्यक्रमहरू संचालनमा ल्याएको सबल नेपालका फिल्ड अफिसर देवेश चौधरीले जानकारी दिए ।
हाटीलाई नमुना बस्तीका लागि वस्तीहरु छनोट गरी वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्वारा छनोट भई उक्त वस्तीहरुमा विभिन्न समुहहरु गठन गरी कार्यक्रम संचालन गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
छिनमस्ता गाउपालीका ७ हाटीका वडा अध्यक्ष प्रमिला यादबले हाटीको पहिलो चरणमा यादब टोलका ४० घरधुरीलाई सफा स्वच्छ बस्ती बनाउनका लागि टोलको वाटो घाटो सरसफाई गर्ने, चर्पी प्रयोग नभएको प्रत्येक घरधुरीमा अनुगमन गर्न घरदैलो गर्ने बताईन,।
उनले भनिन प्रत्येक घरमा भाँडो सुकाउने रयाक निर्माण गर्नुपर्ने, विभिन्न फोहोरहरु लाई कुहिने र नकुहिने छुटयाई व्यवस्थापन गरेको हुनुपर्ने र विभिन्न प्लास्टिक जन्य फोहोरलाई एक ठाँउमा जम्मा गरी विभिन्न सामाग्रीहरु बनाई प्रयोग ल्याएमा वडालाई सरसफाई उन्मुख बस्ती घोषणा गर्ने योजना रहेको बताईन।
चर्पीमै नियमित दिसा पिसाव गर्ने, जोखिमपुर्ण अवस्थामा साबुनपानीले हात धुने, महिनावारी व्यवस्थापन, सुरक्षित खाना इत्यादि बारे जानकारी पाई सोही, अनुसार व्यवस्थापन गर्ने र घर आँगन वरीपरी नियमित सरसफाई गर्न अभिमुखिकरण सरसफाई अभियान सुरू गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
एसएनभि नेपालको सहयोगमा ‘सबल नेपाल ले सबैको लागि दिगो सरसफाई कार्यक्रम’ अन्तर्गत छिन्नमस्ता गाँउपालीकाको वडा नं ७ का तिनवटा बस्तीमा मा कार्यक्रम संचालनमा रहेको संयोजक प्रमेश्वर झाले जानकारी दिएका छन ।
सरसफाई अभियानमा छिन्मस्ता गाउपालीका वडा ७ का वडा सदस्य बिन्देश्वर यादब, भुपेन्द्र यादब, शत्रुघन यादब, उषा रजक, सखडा प्रहरी चौकीका सई लक्ष्मण आलेमगर पत्रकार शुभनारायण यादब लगायत स्थानियहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ