News Category 2076/10/28
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले बिकास र सम्बृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।्
समसमायिक परिस्थिति बिषयमा सप्तरी सदरमुकाम राजविराजमा आईतवार आयोजित सर्बपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष यादवले मुलुकको बिकाससँगै अधिकार प्राप्तिका लागी सबै दल एक ढिक्का भएमात्र सम्भव हुने बताउनुभयो ।
संबिधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउनुहुँदै अध्यक्ष यादवले सरकार संबिधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताउनुभयो ।
राजविराज नगरपालिकालाई शैक्षिक केन्द्रको रूपमा बिकास
गर्ने तर्फ अगाडी बढनुपर्नेमा जोड दिनुहुँदै स्थानिय तहका जनप्रतिनिधिहरूले बिकास भन्दा उपभोक्ता समिति बनाउने तर्फ सक्रिय भएकोले उपभोक्ता भन्दा बिकास प्रति सबैले समर्पित हनु आबश्यक रहेको औल्याउनुभयो ।
बिकास भन्दा पहिला सबैले आफनो बिचार, सोच र मानसिकतामा परिवर्तन गरेमा आफै बिकास हुने तर्क गर्नुहुँदै अध्यक्ष यादवले विकास र सम्बृद्धिका लागि सबैको साझा संकल्प हुनु जरुरी छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा क्रमिक रूपमा परिवर्तन हुँदै गएकोले अस्पताल चाँडै सुबिधा सम्पन्न हुने योजना भईसकेको बताउनुभयो ।
रामराजा स्वास्थ बिज्ञान प्रतिष्ठान संचालनका लागि तत्काल ६५ बिगाहा जग्गा प्रर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ बिज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबी समेत उहाँले गर्नुभयो ।
भारत र कतार सरकारले स्वास्थ बिज्ञान प्रतिष्ठान निमार्ण गर्न खर्बाै लगानी लगाउन गर्न तयार रहेकोले प्रतिष्ठानको नाममा जग्गा आउन बितिकै काम सुरू हुने जानकारी दिनुभयो । जिल्ला सहित नगरको बिकासको लागि व्यापार र उधोग बिना सम्भव नरहेकोले व्यापार, उधोगको बिकास तर्फ स्थानिय निकाय लगानी गर्नुपर्ने बताउनुभयो ।
भारत सरकारको सहयोगमा निर्माधिण छात्रावासको निर्माण कार्य अगाडि बढाउनु पर्ने बताउनुहुँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई ब्यबस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आबश्यक रहेको बताउनुभयो । सप्तरीमा गरिबी, बेरोजगार, कुपोषण वाट ग्रसित समस्याहरूको समाधानका लागी नागरिक सचेतना आबश्यक रहेको उल्लेख गर्नुभयो ।
समाजवादी पार्टी जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज नगरपालिका प्रमुख शंभु प्रसाद यादब, प्रदेश समिति सचिव दिनेश कुमार यादब, सदस्य युसुफ अली, किरण साह, राजबिराज नगर समिति अध्यक्ष भिमराज यादब लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ