News Category 2076/10/28
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
नेकपाका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य सुमन राज प्याकुरेलले राजविराजमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने भएकोले यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
आईतवार नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीद्वारा आयोजना गरिएको ‘रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान सम्बन्धि अन्तरक्रिया कार्यक्रम’मा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो जानकारीसँगै सहयोगका लागि आग्रह गरेका हुन् । सप्तरी क्षेत्र नं. २ का सांसद तथा तत्कालीन उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवको समयमा प्रतिष्ठान स्थापनाका लागि पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भई प्रारम्भिक कार्यको लागि ४० करोड बजेट समेत छुट्याइएको थियो । तर यादव मन्त्री पदबाट हटेपछि प्रतिष्ठानको काममा अवरोध पो आउने हो कि ? भन्ने आशंकालाई चिर्दै प्याकुरेलले यसमा कुनै पनि शंका उपशंकाको गुन्जाईस नरहेको बताए ।
‘राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना सप्तरीवासीले मात्र होइन प्रधानमन्त्री केपी ओलीको समेत सपना हो, उनले भने–प्रधानमन्त्री केपी ओलीले नै यसको शिलान्यास र उद्घाटन समेत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
प्रधानमन्त्रीले नै प्रतिष्ठान स्थापनामा विशेष चासो राखेको बताउँदै नेता प्याकुरेलले यो काम कुनै पनि हालतमा नरोकिने दावी गर्दै भने– प्रतिष्ठानका लागि तपाईहरुले गठन गर्नुभएको दवाव समिति र संघर्ष समिति आजै
विघटन गरी बरु सहयोग समितिमा परिणत गर्नुस्, मेरो आग्रह छ ।’ संघका अध्यक्ष सुरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद सरिता गिरी, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव, उद्योग वाणिज्य संघ सप्तरीका उपाध्यक्ष शंकर दास, पशुपंछी व्यवसायी संघ प्रदेश २ का अध्यक्ष रामकृष्ण दास लगायतले पनि बोल्दै सप्तरीवासीमा प्रतिष्ठान स्थापना बारे रहेको विभिन्न अन्यौलता बारे आ–आफ्नो धारणा राखेका थिए ।
मन्त्री परिषदको २०७५ पुस २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जसका लागि आवश्यक पर्ने ६२ विघा जग्गा समेत राजविराज नगरपालिकाले वडा नं १० मा निःशुल्क उपलब्ध गराइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ