News Category 2076/10/28
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
राजविराज स्थित विमानस्थलमा राजविराज नगरपालिकाले कोरोना भाइरसबाट जोगिन सोमवार हेल्थडेस्कको स्थापना गरेको छ ।
कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम रहेकोले नगरपालिका मातहतका स्वास्थ्यकर्मी राखेर हेल्थडेस्क मार्फत स्वास्थ्य परिक्षण तथा प्रशिक्षण सेवा शुरु गरेको हो ।
विमानस्थलमा नगरपालिकाकाले तीन सदस्यीय स्वास्थ्यकर्मीको टिम खटाएका छन् । राजविराज विमानस्थलमा बाहिरबाट आउने यात्रुको परिक्षण गर्दा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिए तत्कालै थप परिक्षण र उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा रेफर गरिने नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
उनले स्वास्थ्य परिक्षणका साथै यात्रुहरुलाई कोरोना भाईरस रोगको लक्षण र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिने कार्य समेत थालिएको बताए ।
हेल्थडेस्क स्थापनाको पहिलो दिन ५० जनाको परिक्षण गरिएपनि कोरोना भाईरसले संक्रमित व्यक्ति भने कोही फेला नपरेको स्वास्थ्य परिक्षण टिमका प्रमुख आशिष चौधरीले बताए ।
कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिमलाई ध्यानमा राखेर राजविराज विमानस्थलको निकासद्वारमा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य परिक्षण र प्रशिक्षण सेवा सुरु गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।
उनले कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन तालिम प्राप्त स्वास्थ्यकर्मीलाई हेल्थडेस्कमा खटाई परिक्षण सँगसँगै सचेतना मुलक प्रशिक्षण दिने व्यवस्था समेत मिलाईएको बताए । आवश्यकता परे सप्तरीको विभिन्न नाकाक्षेत्रमा समेत हेल्थडेक्स स्थापना गर्ने तयारी भईरहेको उनको भनाई छ ।
यता तिलाठी कोईलाडी गाउँपालिकाले शनिवारदेखी बेल्ही भन्सार कार्यालयको मुल गेट नजिकै हेल्थडेस्क संचालनमा ल्याईएको गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
माहामारीको रुपमा फैल्न सक्ने कोरोना भाईरस फैल्न नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको पहिचान र उचित उपचारका लागि यहाँ भईरहेको तयारी प्रससनिय रहेको स्थानियहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ