News Category 2076/10/28
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
सप्तरीको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन ।
सोमवार शिक्षक महासंघ को छैंठो स्थापना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा सो कुरा बताईएको हो ।
सहभागी शिक्षकहरूले विद्यालयमा मुख्य भूमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने बारेमा प्रअको मुख्य भूमिका हुनुपर्ने बताएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक र स्थानीय सरकार लागेमा शैक्षिक सुधार तत्काल हुने पनि बक्ताहरुले बताएका थिए ।
अन्तरक्रियामा सहभागीहरुले शिक्षकले पढाउने पाठ अध्ययन नै नगरी कक्षामा पढाउनु जानु, समयमै शिक्षक विद्यालयमा नआउनु, पठनपाठनको गुणस्तरमा कसैले चासो नराख्नु, अभिभावकले विद्यालय र छोराछोरीको पढाईमा चासो नदिनु, शिक्षा शाखा, स्थानीय सरकार नियमित अनुगमनमा नजानु लगाएतका सामुदायिक विद्यालयमा समस्या रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासँघका महासचिव लक्ष्मीकिसोर सुवेदीले शैक्षिक गुणस्तर सुधार का लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुन आग्रह गरेको छ ।
सो अवसरमा नेपाल शिक्षक महासँघ जिल्ला अध्यक्ष दिनेश प्रसाद यादबले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रअ, विद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक, अभिावक र राजनीतिक दलका नेता सवै लागेमा अनिर्वाय सुधार हुने बताउनु भयो ।
शिक्षकहरू जिल्लाको १८ औ स्थानिय तहमा बिभाजन भएको अबस्थामा स्थानिय निकायक शैक्षिक अबस्था सुधार, पेशागत अबस्था बुझन नसकेको बताउनु भयो ।
उनले भने स्थानिय सरकारको मनोपलीले कारण पेशागत रूपमा सहयोग र समन्वय भईरहेको छैन । शिक्षक महासँघका पुर्व अध्यक्ष पशुराम यादबले विभिन्न कार्य्बिधिको नाममा शिक्षकलाई समस्या मा पर्ने गरेको बताए।
उनले भने गुणस्तरिय, शिक्षक उन्नयनको लागी, स्वक्ष बतावरण शिक्षा दिन सकिरहेको छैन, स्थायी, अस्थायी करार, राहत, बालबिकासको अवस्था कमजोर भएको छ,
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख फणिन्द्र खत्रीले शिक्षकले अधिकार सँग सँगै कर्तब्यको बोध गर्नुपर्नेमा जोड दिनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ