News Category 2070/12/21
मदरसालाई बालमैत्री बनाउने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न
दैनिक संवाददाता
राजविराज, २० चैत ।
मदरसालाई बालमैत्री मदरसा कसरी बनाउने सम्बन्धमा दुई दिने कार्यशाला गोष्ठी बिहीवार राजविराजमा सम्पन्न भएको छ ।
युनिसेफ र बिश्व शिक्षाको सहयोगमा मदरसा समन्वय समिति सप्तरीको आयोजनामा सम्पन्न सो गोष्ठीमा सहभागिहरुले मदरसाहरुलाई बालमैत्री शिक्षा सिकाईको प्रारुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मुस्लिम समुदायका अगुवा तथा युवा नेता इर्साद अन्सारीले मदरसा शिक्षालाई राज्यले उचित संरक्षण नदिएको गुनासो पोख्दै मदरसाहरुलाई कानुनी मान्यता प्रदान गरि भौतिक पुर्वाधारसँगै राज्यको मुल प्रवाहमा ल्याउनुपर्ने जोड दिनुुभयो ।
मदरसा समन्वय समिति सप्तरीका अध्यक्ष मो. आसिन मियाँको अध्यक्षमा सम्पन्न गोष्ठीमा जिल्लाभरीका २० वटा मदरसाका प्रअ र शिक्षाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा युवा इस्लामिया मदरसा रुपनीका प्रअ इर्साद अहमद, मदरसा फैजुल इस्लामिया थल्हीका शिक्षक सकिल अहमद र जाँजर मदरसाका शिक्षिका तरनुम बेगम सिद्धिकी, मदरसा समन्वय समितिका कार्यक्रम संयोजक मो. साहजहा लगायतले मदरसाहरुको समस्या र समाधानको सम्बन्धमा बोल्नुभएको थियो ।
गोष्ठीमा शैक्षिक तालिम केन्द्र सप्तरीका प्रशिक्षक योगेन्द्र प्रसाद यादव र भगवती प्रसाद बिकले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा मदरसाहरुलाई बालमैत्री सिकाई सामग्री प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ