News Category 2076/11/01

राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान

दैनिक समाचारदाता

राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
    राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्द्वय मृगेन्द्र कुमार सिँह यादब र शेखर कुमार सिंहलाई बिहीबार सम्मान गरेको छ ।
    कार्यक्रममा हालै सम्पन्न उपनिर्वाचनमा छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदमा निर्वाचित राजपाकी प्रमिला देवी यादवलाई पनि सम्मान सहित बधाई तथा शुभकामना दिएको छ । 
    कार्यक्रममा राजपाबाट निर्वाचित विभिन्न नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा राजपाका स्थानिय र केन्द्रिय नेताहरुले बधाई दिदै अब मधेशको जायज माग सम्बोधन गराउन र जिल्लाको विकास निर्माण कार्यलाई प्राथमिकतामा राखि अघि बढन आग्रह गरे । 
    सो अवसरमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य तथा राजपा बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले निर्वाचित गराउने सम्पुर्ण प्रदेश सभा सदस्य तथा पालीका प्रमुख, उपप्रमुखलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले मलेठ घटनाको कारण राजपा नेपालको जन्म भएको भन्दै चाडै सरकारमा नजाने तथा संविधान संशोधनको ग्यारेन्टी गर्नुपर्ने, सासंद रेशम चौधरीको रिहाई, अभिराम शर्मा उपर लगाईएको झुठा मुद्दा लगायतको माग पुरा हुनुपर्ने जिकिर गरे । 
    उनले प्रदेश २ सरकार अन्तिम समयमा उपभोक्ता मार्फत कार्य गराएपनि हालसम्म भुक्तानी दिन नसकेकोमा गम्भीर हुनुपर्नेमा जोड दिदै प्रदेश सरकार जनताको अपेक्षा अनुरुप सरकार चलाउन नसकेको आरोप समेत लगाए । 
    यस्तै अर्का राष्ट्रिय सभा सदस्य तथा बरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले समेत सबैलाई धन्यवाद दिए । यसैगरि प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले जिल्लाको बिकासमा ठेवा पु¥याउन पहल गर्नुपर्ने बताए । 
    सोही कार्यक्रममा प्रदेश सभा सदस्य तथा राजपा केन्द्रिय सदस्य बिदेश्वर यादबले राष्ट्रिय सभा सदस्द्वय जिल्ला र पार्टीको अभिभावकको रूपमा रहेको भन्दै पार्टीको संगठन, बिस्तार, सदृढिकरण सँगै पार्टीलाई मजबुत बनाउनु आबश्यक रहेको बताए । प्रदेश को ऐन कानुन निर्माण हुन नसक्दाँ प्रदेशले बिकासको गति लिन नसकेको बताउदै उनले संघीय सरकार गम्भीर नहुदाँ कानुन बन्न नसकेको आरोप लगाए ।
    सो अवसरमा रूपनी गाउपालीका हरेराम यादबले संगठन सुदृढिकरण र बिस्तार गरी एकजुट भएर अगाडी बढ्नु पर्ने आबश्यक रहेको जिकिर गरे । पार्टीले ईमान्दारीपूर्वक कार्य गरिरहेको अबस्था जनप्रतिनिधिमाथी हुने कुटपिट, दुव्र्यवहार बिरूद्व पार्टी पंक्ति एकजुट हुनु पर्नेमा जोड दिए ।
    राजपा केन्द्रीय सदस्य दिनेश यादबले निर्वाचित जनप्रतिनिधिहरूले पार्टीप्रति उत्तदायित्व रहेको अबस्थामा जनप्रतिनिधि उपर भएको दवर्यवहार दुःखद भएको बताए । उनले भने सिँहदरवार भनिने स्थानिय निकायका प्रमुख डाक्नेश्वरी नगरपालिका मेयर शिव नारायण साहलगायत उपर भएको घटनाले सरकारको लागि दुर्भाग्य भएको बताए ।
    जिल्ला अध्यक्षमण्डल सदस्य हरेराम यादबको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य नेद्रबिक्रम साह, राजपा महासचिव जयप्रकाश ठाकुर, राजपा केन्द्रीय सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजपा केन्द्रीय कोषाध्यक्ष माधबी साह, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, राजपा केन्द्रीय सदस्य बिशेश्वर रजक, जागेश्वर राय, दिपेन्द्र चौधरी, राजबिराज नगरपालीका नगरप्रमुख शम्भु प्रसाद यादब, डाक्नेश्वरी नगरपालीका प्रमुख शिवनारायण साह, छिन्नमस्ता गाउँपालीका ७ का वडा अध्यक्ष प्रमिला यादब लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजपा सचिव मनोज कुमार झाले गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट