News Category 2070/12/22
करोडौं ऋणबारे खचाञ्जी निलम्बित
दैनिक संवाददाता
राजविराज, २१ चैत ।
ऋण लिन धितो राखेको गहना नक्कली भएको आशंका लागेपछि सप्तरीको कंचनपुरस्थित नेपाल बैंक लिमिटेडमा छानबिन गर्न आएको टोलीले बैंकका खचाञ्जीलाई निलम्बन गरेको छ । उनी दोषी देखिएको भन्दै टोलीले तत्कालका लागि निलम्बन गरेको हो ।
खचाञ्जी मेगुलाल चौधरीलाई निलम्बन गरिएको छ । गहना चिनेर कागजात बनाउने काम उसैको भएकाले तत्कालका लागि उनलाई निलम्बन गरिएको छ ।
संबिधानसभा निर्वाचनको समयमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदबार बनेका स्थानीय दिपक सोनीले ऋण लिन बैंकमा सुनका गहना धितो राखेका थिए । धितो राखेको सुनको गहना नक्कली भएको आशंका गरिएको छ । नक्कली भएकै आशंकामा छानबिन शुरु गरिएको छ । नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालय, विराटनगर कार्यालयबाट प्रतिनिधी तथा आधा दर्जन संख्यामा अडिटरहरु र गहना चिन्ने विज्ञहरु छानबिनका लागि यहाँ आएका छन् ।’
नेपाल बैंक लिमिटेड कंचनपुरका प्रमुख रुपेश श्रीवास्तवले धितो लिने बेला राम्रोसँग चेकजाँच नगर्दा यस्तो समस्या आएको बताए ।
गत मंसिरमा भएको संबिधानसभा निर्वाचनभन्दा केहि महिना अगाडि कंचनपुर ७ का गहना व्यापारी टोकनाथ भनिने दिपक सोनीले ऋण लिन सुनको गहना बैंकमा धितो वापत राखेका थिए । उनले ४ करोड रुपैयाँ बैंकबाट ऋण लिएको बैंक श्रोतले जनाएको छ ।
बैंकका यसअघिका म्यानेजर रामेश्वर चौधरीको पालामा सोनीले ऋण लिएका हुन् । चौधरीकै कार्यकालमा सोनीले चार करोड रुपैयाँ सुनको गहना बन्धकी राखेर ऋण लिइएको हो । ‘आउनेबित्तिकै सबै हरहिसाव र धितो राखिएका गहनाहरुका बिषयमा जानकारी लिन खोज्दा केहि गहनामा समस्या देखियो’ श्रीवास्तवले भने, ‘‘यसैले छानबिनका लागि केन्द्रिय कार्यालयसहित बिभिन्न ठाउँबाट विज्ञहरुलाई बोलाएका छौं ।
गहना नहेरी कसरी ऋण दिइयो ? भन्ने प्रश्नको उत्तरमा बैंक प्रमुख श्रीवास्तवले छानबिन भइरहेकाले तत्काल केहि भन्ने अवस्था नरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ