News Category 2076/11/01
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम बिहीबारदेखी सुरु भएको छ । राजविराजस्थित केअ माविमा दादुरा रूवेला खोप अभियान सुरू भएको हो ।
फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ । सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।
सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालिकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए ।
जिल्लाको विभिन्न वडा र पालिकावाट गरिने तीन चरणको अभियानका लागि ५३ लाख ८७ हजार १ सय ६० रूपैयाँ बिनियोजना गरिएको कार्यालय प्रमुख यादवको भनाई छ ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार देशभरीमा ७८ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन भने २१ प्रतिशतले आंशिक खोप तथा एक प्रतिशत वालवालिका खोपबाट वञ्चित छन् । यता प्रदेश २ मा पनि ७३ प्रतिशत वालवालिका खोप लगाएको तथा २७ प्रतिशत बालवालिका खोपवाट बञ्चित रहेका छन् ।
कुनै पनि बच्चा खोप खुवाउनबाट बञ्चित नभएको वा छुटेको भनी वडा, पालिका, तथा जिल्ला खोप समन्वय समितिवाट प्रमाणित गरिदिएपछि शतप्रतिशत खोप खुवाएको बुझिने प्रमुख यादबले बताए ।
अभियान अन्तरगतलाई जिल्लामा तीन चरणमा संचालन गरिएको छ । पहिलो चरण फागुन १ गतेदेखि फाल्गुन ९ गतेसम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा संचालन हुनेछ ।
त्यस्तै दोश्रो चरण फागुन ११ गतेदेखि फागुन १९ गतेसम्म डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचालन हुनेछ ।
यसैगरि तेश्रो चरण फागुन २१ गतेदेखि फागुन २९ गतेसम्म बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका, बलान विहुल गाउँपालिका र रुपनी गाउँपालिकामा संचालन हुने जिल्ला खोप समन्वय समिति स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ