News Category 2070/12/22
नगरपालिका र खेलकुद समितिको बिवादले शौचालय बनाउने योजना ओझेलमा
दैनिक संवाददाता
राजविराज, २१ चैत ।
राजविराज नगरपालिका र जिल्ला खेलकुद बिकास समिति बिच जग्गाको बिषयमा बिवाद उत्पन्न भएपछि राजविराजस्थित रुपनी मोडमा बालमैत्री, आपाङमैत्री र लैङिगकमैत्री नमुना शौचालय निर्माण गरिने भनिएको योजना ओझेलमा पर्ने खतरा बढेको छ ।
राजविराजस्थित रुपनी बस स्टेण्ड नजिकै नगरपालिकाले स्थानिय बिकास मन्त्रालयको जगेडा कोषको सहयोगमा बालमैत्री, आपाङमैत्री र लैङिगकमैत्री नमुना शौचालय निर्माणको शुरु हुनासाथ शुक्रवार जिल्ला खेलकुद बिकास समितिका पदाधिकारीहरुले उक्त जग्गा आफ्नो भएकोले तत्काल त्यसमा शौचालय निर्माण नगर्न नगरपालिका कार्यालयलाई दबाब दिएका छन् ।
जिल्ला खेलकुद बिकास समितिले राजरंगशालासँगै टाँसिएर शौचालय निर्माण भए भोलि रंगशालाको स्तरनोतीको काम प्रभाबित हुने भन्दै नगरपालिकालाई शौचालय निर्माणको काम रोक्न दबाब दिएपछि सार्क राष्ट्रकै दोश्रो नमुनाको रुपमा बन्न लागेको उक्त शौचालय निर्माणको काम ओझेलमा पर्ने खतरा बढेको हो ।
करिब १४ लाखको लागतमा निर्माण हुन लागेको उक्त शौचालय आगामी जेष्ठ महिनाभित्र निर्माण नभए सो योजना त्यतिकै फिर्ता जाने राजविराज नगरपालिका श्रोतले जनाएको छ ।
निर्माण अबधी करिब अढाई महिना मात्र बाँकी रहेको अवस्थामा जिल्ला खेलकुद बिकास समिति सप्तरीले अबरोध गरेपछि निर्धारित समयमा शौचालय निर्माणको काम सम्पन्न गर्न समस्या भएको राजविराज नगरपालिका कार्यालयका प्रमुख बिष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो ।
नगरपरिषद्बाट समेत स्वीकृत भइसकेको नमुना शौचालय बनाउने योजनालाई ओझेलमा पार्ने कुनै कार्य नगर्न समेत प्रमुख गुरुङको आग्रह छ । राजविराज नगरक्षेत्रभित्र एउटा पनि राम्रो शौचालय नभएको अवस्थामा सार्कराष्ट्रमै दोश्रो नमुनाको रुपमा निर्माण गर्न लागिएको शौचालय निर्माणमा बिभिन्न पक्षबाट भईरहेको अबरोध दुखद भएको स्थानियहरु बताउँछन् ।
यता जिल्ला खेलकुद बिकास समिति सप्तरीका अध्यक्ष दशरथ गुप्ताले आफुहरुसँग शौचालय निर्माणको सम्बन्धमा कुनै छलफलै नगरि खेलकुदको जग्गामा शौचालय निर्माण गर्न लागेकाले रोक्न दबाब दिएको बताउनुभयो ।
उहाँले आफुहरु शौचालय निर्माणको बाधक नभई नगरको अन्य स्थानमा पनि जग्गा खाली भएकाले खाली ठाउँमा शौचालय निर्माण गर्नुपर्ने आफुहरुको भनाई रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ