News Category 2076/11/04
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगत गत माघ २० गते आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेकोमा आत्महत्या नभई हत्या भएको मृतककी आमा धुरनी देवीले दाबी गरेकी छिन ।
घटनाको डेढ साता वित्तिसक्दा पनि लिलाको मृत्यु बारे सत्यतथ्य सार्वजनिक नभएपछि आईतबार राजविराज आईपुगेकी ७५ बर्षिय आमा धुरनी देवी घटनाबारे जानकारी दिँदै सबै सरोकारवालासँग सहयोगकालागि आग्रह गर्दै घटनाको उच्च स्तरिय छानविन हुनुपर्ने माग समेत गरेकी छिन् ।
खडक नगरपालिका ३ मा माईती रहेको लिलाकी आमाले मृत्यु विवरण, ईलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाउन खोजेको जाहेरी दरखास्तका प्रतिलिपि र छोरीका केही तस्विर लिएर आएकी आएकी थिइन् ।
लिलाको हत्यालाई आत्महत्या देखाउन मृतकका पति सन्तोष, सासु जिबछी देवी र ससुरा लक्ष्मण भगतले मिलोमतो गरी लिलालाई पासो लगाएर झुण्डियाएको आमा धुरनी देवीको आरोप छ ।
माईती पक्षका अनुसार उनका पति सन्तोषको छिमेकी एक महिला सँग अनौतिक सम्बन्ध रहेकोले पछिल्लो केही समयदेखि ज्वाई सन्तोषले छोरीलाई चरम यातना दिदै आएको धुरनी देवीले सुनाईन ।
यसबारे छोरीले समेत पटक पटक आफुलाई जानकारी दिने गरेको उनले बताईन । विहेको १५ वर्ष वित्तिसक्दा पनि छोरीको विहे दर्ता र नागरिकता समेत नबनाई दिएको उनले बताइन् ।
यता घटनाको भोलीपल्ट धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिलाको पोष्र्टमार्टमा सकिएपछि दाह संस्कार गरिएको थियो । पोष्र्टमाटम रिपोर्ट भने अहिले सम्म आउन सकेको छैन ।
यसबारे ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक धर्मराज मुडभरीले पोष्र्टमाटम रिपोर्ट आई नसकेको अवस्थामा लिलाले आत्महत्या गरेकी हुन वा हत्या भन्ने बारे अहिले यकिन भन्न नसकिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ