News Category 2076/11/04
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
राजविराज कारागार प्रशासनले अतिक्रमित जग्गा खाली गर्न सूचना जारि गरेपछि कारागार आसपासका स्थानियहरुले त्यसलाई रोक्न माँग गर्दै आइतबार बिरोध प्रदर्शन गरेका छन् ।
अस्राजविराज कारागार प्रशासनले कारागार आसपास क्षेत्रका संरचना हटाउन सुचना जारी गरेपछि स्थानीयहरुले विरोध प्रर्दशन गरेका हुन् ।
सो बिरोध प्रदर्शन बालबालिकासहित बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय तथा राजविराज नगरपालिका कार्यलयमा पुगी ज्ञापनपत्र समेत बुझाइएको छ ।
कारागार आसपासका जग्गामा करिब सय परिवार विगत ५० वर्षदेखि फुस तथा पक्कीको घर बनाई बसोबास गर्दै आएका छन् ।
सूचना जारी भए लगत्तै त्यसलाई रोक्न विभिन्न कसरत गर्दै आएका स्थानियले कुनै सुनुवाई नभएपछि संघर्ष समिति गठन गरी प्रदर्शनमा उत्रेका हुन ।
सो प्रदर्शनको समर्थनमा नागरिक अगुवा शिव कुमार साह शिवा, उमेश प्रसाद यादव, भिम राज यादव लगायत ठुलो संख्यामा स्थानिय जुलुसमा सहभागि भएका थिए ।
राजविराज ७ स्थित कारागारको अतिक्रमित जग्गा खाली गर्न र उक्त जग्गामा बनेको संरचना हटाउन गत माघ २३ गते १५ दिन भित्रको समय सीमा राखेर कारागार प्रशासनले सूचना जारी गरेको थियो ।
यता प्रमुख जिल्ला अधिकारी सुनिल खनाल तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री, कारागार विभागका साथै सवै राजनितिक दललाई समेत दिईएको छ ।
उठिबास संघर्ष समितिका अध्यक्ष तिलबहादुर थापा मगरले विगत ५० बर्ष देखि त्यस क्षेत्रमा बासोबास गर्दै आएकाहरुलाई कारागार प्रशासनले १५ दिन भित्र खाली गर्न र खाली नगरे बल प्रयोग गर्ने सुचना जारी गरेपछि घरबार विहिन बनाउने कार्य विरुद्घ आन्दोलनमा उत्रिनु परेको बताए ।
२०२८ सालको सर्वेनापीमा उक्त जग्गा कारागारको नाममा नापी भएपनि त्यस क्षेत्रमा वर्षोदेखि बसोबास गर्दै आएका १ सय परिवारलाई भोगाधिकारमा भने कुनै अवरोध नपु¥याएको तथा हाल आएर एक्कासी खाली गर्न भनेपछि आफुहरुको बिच्चली हुने भएको मगरको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी खनाल तथा नगरप्रमुख यादवले स्थानिय व्यक्ति, राजनितिक दल तथा सरोकारावालहरुलाई राखेर स्थलगत अध्ययन पश्चात् आवश्यक निर्णय लिने आश्वासन दिएको संघर्ष समितिका संयोजक मगरले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ