News Category 2076/11/04

भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 

दैनिक समाचारदाता

भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 

अमरनाथ मण्डल
    सप्तरीे जिल्लाको अभिशापको रुपमा वर्षोदेखि बाढी ताण्डव मचाइरहेको अवस्थामा खाँडो नदीको भीम बाँध मर्मत संभार र पुनर्संरचनाको गतिले अहिले सप्तरीका पूर्वी भेगका जनताहरुले राहतको अनुभूति पाइरहेको अनुभव गरिरहेका छन् । प्रत्येक वर्षायाम शुरु हुनु बितिकै वा शुरुको क्रममा त्रासित जीवन बिताउनु त्यस भेगका स्थानीय सर्वसाधारणहरु यसपालि भिम बाँधको निर्माणसँग राहत श्वास लिन थालिएका छन् भने वर्षोदेखि राजनैतिक मुद्दाहरुमा विकाशीय मुद्दाको रुपमा खाँडो नदीको बाढीपिडितहरुको पिडाको सधैं भाषणमा सिमित गरी राजनीति दल र नेताहरुले सक्रियताको खाँचो पर्याप्त रुपमा देखापरेका थिए ।  
    अहिले सप्तरी २ नम्बर क्षेत्रका सभासद् उपेन्द्र यादवको सक्रियताको सार्थक रुपमा तथा स्थानीय जनप्रतिनिधिहरुको सक्रियताले गर्दा सधै प्रकोपको रुपमा अभिशाप बनेका खाँडोको भिम बाँध अहिले जोडतोडले निर्माण भइरहेको सन्दर्भमा त्यस भेगका नागरिकहरु, किसानहरु, सर्वसाधारणहरु, आउने धानवालीका समयमा ढुक्क भई धान बाली लगाउने अवसर प्राप्त हुने खुशी व्यक्त गरिरहेका छन् । वर्षोदेखि पिडाको भागेदारी बनेका सप्तरीका पूर्वी क्षेत्र तोपा, मन्सापुर, महादेवा, सडेपार, तिलाठी, सकरपुरा, रम्पुरा, पकरी लगायत भगवतपुर, बथनाहा गाउँमा खाँडो नदीको बाढीले वर्षेपिच्छु ताण्डव मचाइरहेको अवस्थामा हजारौं हेक्टर जग्गामा बालीको उत्पादन क्षमता ह्रास भइरहेको र अहिले त्यस भेगका जग्गाहरु अधिकांश गत वर्षमा बाढीले मचाइएको ताण्डवको कारण बालुले पुरिएको र सुख्खा मरुभूमिको अवस्थामा प्रत्येक वर्ष जग्गाहरु बाँझो रहने गरेकोले कृषि क्षेत्रमा ठुलो ह्रासको स्थिति उत्पन्न भइरहेका थिए ।
    खाँडो नदीको भिम बाँध भत्किएपछि सप्तरीका पुरानो नहर चन्द्र नहरको प्रत्येक वर्ष मर्मत सम्भारको लागि लाखौंको बजेट दुरुपयोग हुने गरेको अवस्थामा चन्द्र नहरले सिँचाई बितरण गर्न नसकि त्यस भेगका किसानहरु पिडा भोगिरहेका थिए । त्यस्तै खाँडोको बाँध भत्किएपछि सप्तरीको सदरमुकाम राजविराजमा वर्षायाममा नगर नदीमा परिणत भई स्थानीय नगरवासीहरु प्रत्येक वर्ष पिडा भोगिरहेका अवस्थाको सन्दर्भमा भिम बाँधको मर्मतले नगरका सर्वसाधारण जनताहरु बाँध नटुटने आशमा राहत पाएका छन् ।
    भिम बाँध मर्मत सम्भारको ठेक्का लिएका ठेक्केदारहरु इमानदारीतापूर्वक पारदर्शिता भई सप्तरीको विकासमा भिम बाँध निर्माणले ठुलो फड्को मार्ने अवस्थाको सिर्जना हुन्छ । तर अझै व्यवस्थित र ठोस रुपको बाँध निर्माण हुन नसकेको तर्कहरु अहिले उठिरहेका छन् भने बाँध निर्माणको क्रममा भ्रष्टाचार हुने संकेतहरु देखा परेका छन् । त्यसैकारण विकाशीय गतिविधिहरुको निर्माणको क्रममा अनुगमन र निरिक्षण गर्ने निकायहरु सक्रियताको साथ सप्तरीको ठुलो दैवी प्रकोपको पिडा सधैं भोगिरहेका नागरिकहरुको आधार भिम बाँध पुनःनिर्माणको क्रमलाई इमानदारीतापूर्वक निरिक्षण र अनुगमन गरी समय समयमा स्थलगत निरिक्षण गरी अनुगमन गर्नुपर्ने आवश्यता देखिन्छ । 
    भिम शम्शेरको पालामा ऐतिहासिक नदी खाँडो नदीको भिम बाँध निर्माण भएको अवस्थामा वर्षो वर्षोदेखि बाढीले बाँध भत्काइ मचाइरहेका ताण्डवहरुको रोकथामकोलागि प्रत्येक वर्ष मन्त्रालय र विभागबाट आउने रकमहरुको दुरुपयोग हुने गरेको कारणले गर्दा ठोस निर्माण हुन नसकेको अवस्थाले गर्दा आजको प्रस्थितिमा बाँधको निर्माण गर्न टेन्डर प्रक्रियाबाट निर्माण भइरहेकोले गर्दा निर्माण कार्यलाई स्थानीय जनप्रतिनिधि, सर्वसाधारण नागरिक तथा त्यस भेगका पिडितहरुले समय समयमा निर्माण कार्यहरुको निरिक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । सप्तरीको भिम बाँध निर्माण मर्मतमा समय र परिस्थितिको अवस्थामा थप बजेट उपलब्ध गराई अझै थप रुपमा बाँधको मर्मत कार्यलाई व्यवस्थित आवश्यताको ईन्जिनियर विज्ञहरुको तर्क रहेको छ । नत्र हरेक वर्ष झै यसवर्ष पनि बाँध भत्काउनु बेर लाग्ने अवस्थाको सिर्जना नहुन सक्ने भन्न सक्दैन । 
    स्थानीय निकाय तथा प्रदेश सरकार, संघीय सरकारको आवश्यक सहयोग तथा बजेटको व्यवस्था अझै वेपत्ताको रुपमा बढाउनुपर्ने देखिन्छ भने संघीय सरकारको सप्तरीमा रहेका सभासदहरु संसदमा आवाज उठाई अझै बजेटको माग गर्नुपर्ने अवस्था देखिन्छ । ‘प्रदेश कृषि मन्त्री शैलेन्द्र साहले यस स्तम्भकारसँग एक भेटमा प्रदेश सरकारले खाँडो नदीको भित्री सतहमा रहेको बालुवालाई निकाली नदीलाई गहिरो बनाउन आवश्यक बजेटको माग संघीय सरकारसँग निर्णयसाथ प्रदेशले पठाएको छ भने चाँडै संघीय सरकारबाट बजेट उपलब्ध भए बालुवा निकाल्ने प्रक्रिया पनि अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।’
    तसर्थ जे होस् सप्तरीका पूर्वी भेगका जनताहरु, सर्वसाधारणहरु, नागरिकहरु, किसानहरु त्रासमा आफ्नो जीवन बिताउन वर्षोदेखि बाध्य रहेको अवस्थामा भिम बाँधको मर्मत कार्य शुरु भएपछि त्यस भेगका नागरिकहरुमा खुशीयाली छाएका छन् भने अहिले प्रदेश र केन्द्र सरकारलाई आभार समेत व्यक्त गरिरहेका अवस्था सिर्जना भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट