News Category 2076/11/05
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको बोदेबर्साइन वडा नं. ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक महासभा इज्तिमा सोमबार सम्पन्न भएको छ ।
सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात् तिन दिने सम्मेलन सम्पन्न भएको हो ।
यता सम्मेलनमा भाग लिन आएकाहरु आ–आप्mनो गाडी चढेर सोमबार घर फर्कदा जिल्लाको ट्राफिक व्यवस्थामा समस्या भएको छ । हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
यस्तै अहिले कार्यक्रम स्थल भने दुर्गन्धित भएको छ । तिन दिन सम्म लाखौं व्यक्ति बस्दा दिशापिसाव, खानपिन आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानियहरुले बताएका छन् । आयोजकले महासभाका लागि २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको छ ।
स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।
यसअघि मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको थियो ।
भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हारुनको शनिबार बेलुका ६ बजे निधन भएको थियो । त्यस्तै अर्का एक नेपालीको मृत्यु भएको थियो । उनको पनि आफ्नै कालगतिले निधन भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ