News Category 2076/11/05
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले सोमबार स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरेको छ ।
यस्तै २०७५ सालको एस.ई.ई. परिक्षामा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उत्रिर्ण हुने १० जना छात्र छात्राहरुलाई ल्यापटप र साईकल उपहार सहित सम्मान गरिएको छ ।
सम्मान पाउने छात्र छात्राहरुमा गाउँपालिकाका राम कुमार ईसर, मुनी कुमारी झा, अरुणा राय, सुरुची सिंह, भास्कर झा, कुशुम कुमारी मिश्रा, मानती कुमारी यादव, रामबाबु मण्डल, अनुराधा कुमारी पैकडा र प्रकाश मण्डल छन् ।
त्यस्तै गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा रही शिक्षा क्षेत्रका योगदान पु¥याई हालै सेवा निवृत भएका तीन जना प्रधानाध्यपाकहरुलाई पनि सम्मानित गरिएको छ ।
उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, निमिति प्रमुख प्रशासकिय अधिकृत राजु झा लगायतले नगद, उपहार तथा कदर पत्रबाट सम्मान गरेका थिए ।
गाउँपालिका भित्र विभिन्न विद्यालयमा अध्यनरत छात्र छात्रालाई नियमित विद्यालय जान र प्रोत्साहन गर्न साईकल र ल्यापटप वितरण गरिएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताएका छन् ।
सो गाउँपालिकाले गत वर्षदेखि नै एस.ई.ई. परिक्षमा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उतिर्ण हुने १० जना छात्र छात्रालाई प्रोत्साहन स्वरुप साईकल र ल्यापटप उपहार दिने कार्यक्रम संचालनमा ल्याएको हो ।
यस्तै फागुन अन्तिम सातामा नगद पुरस्कार सहितको साईकल रेस र हाफ म्याराथुन प्रतियोगिताको आयोजना समेत गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउँपालिकाका सूचना अधिकारी राजेश झाद्वारा संचालित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे निमित प्रमुख प्रशासकिय अधिकृत झाले प्रकाश पारेका थिए भने समाजसेवी देव नारायण यादव, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, रमेश कुमार झा लगायतले गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि यस्ता प्रोत्साहन कार्यक्रमले ठूलो टेवा पुग्ने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ