News Category 2070/12/23
झोले व्यवसायी संघका कारण यातायात सञ्चालन गर्न कठिनाई ः अध्यक्ष अंसारी
राजविराज÷सगरमाथा यातायात व्यवसायी संघ सप्तरीका अध्यक्ष नुरुलहोदा अन्सारीले सगरमाथा यातायात संघ निष्पक्ष र बिधान अनुरुप सञ्चालन हुने व्यवसायी संघ भएकाले आफुहरुको प्रहरीसँग कुनै मतभेद नरहेको बताउनु भएको छ ।
शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै उहाँले यातायात सञ्चालकको नाममा रहेका केही झोले व्यवसायी संघका कारण यातायात सञ्चालन गर्न कठिनाई भईरहेको जानकारी दिनुहुँदै त्यस्ता संस्थालाई खारेजको माग गर्नुभएको छ ।
सोही विज्ञप्तिमा पुर्वी हिमाली यातायात संघको बिवाद सम्बन्धि समाचारमा केही सञ्चारमाध्यमहरुले आफ्नो नाम र संस्थाको नाम समेत समाबेश गरिएको प्रति दुख ब्यक्त गर्नुभएको छ ।
यसअघि शुक्रबार पूर्वी हिमाली यातायात संघका अध्यक्ष जागेश्वर प्रसाद यादवले केही बस सञ्चालकहरुको कारण बस सञ्चालनमा समस्या भएको बताउनु भएको छ ।
उहाँले प्रहरीको मिलोमतोमा केही बस सञ्चालकहरुले राजविराज–धरान सञ्चालन हुँदै आएको देविका ट्राभल्सलाई जर्वजस्ती अरु बसको समयमा सञ्चालन गराएको आरोप लगाउनुभयो ।
अध्यक्ष यादवले यातायात संघको नियम विपरित प्रहरीको मिलोमतोमा बस सञ्चालन गराएका कारण यातायात सञ्चालनमा समस्या भएको आरोप समेत लगाउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ