News Category 2076/11/06
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
चौथो निर्वाचन दिवसको अवसरमा मंगलबार निर्वाचन र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो ।
विद्यालयका ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा कक्षा १० का देवदत्त शर्मा प्रथम, सोही कक्षाकी ज्योति ठाकुर द्वितिय र कक्षा ९ का नारायण ठाकुर तृतीय घोषित भए ।
जिल्ला निर्वाचन कार्यालयका अधिकारी दिलिप कुमार यादवको अध्यक्षता तथा विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय विद्यार्थीहरुलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोजित कार्यक्रममा विद्यालयका प्रअ सूर्यनारायण यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ