News Category 2076/11/06
प्रजातन्त्र दिवसमा सरसफाई

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजविराजस्थित रंगशालामा सरसफाई गरिएको छ ।
जिल्ला मूल समारोह समिति सप्तरीको आयोजना आयोजित सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको सभापति प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, राजविराज नगरपालिका उपप्रमुख साधना झा, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तिलक प्रसाई, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै मंगलबार साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
यसअघि समितिले तीन दिवसीय रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने निर्णय गरेको थियो । जस अन्तरगत फागुन ७ गते प्रभातफेरी, प्रवचन तथा साँस्कृतिक कार्यक्रम र साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
यसैगरि फागुन ८ गते म्युजिक चेयर कार्यक्रम, सियो धागो कार्यक्रम, राजविराज नगरपालिका अन्तरगत भिजिट नेपाल २०२० को सन्दर्भमा चित्रकला गर्ने निर्णय गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ